कोरोना अपडेट : नेपालमा ६१ हजारमा परीक्षण, थप छैन पोजेटिभ

0

काठमाण्डौं – सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि बाहिरबाट आएका शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ । अहिलेसम्म मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ८६५, प्रदेश नं २ मा एक हजार ३९१, वाग्मती प्रदेशमा ५११, गण्डकी प्रदेशमा ६३२, प्रदेश नं ५ मा ११ हजार ३०४, कर्णाली प्रदेशमा पाँच हजार ५७१ व्यक्ति क्वारेन्टाइनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम ६१ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ९८ र आरडिटीमार्फत ४८ हजार ५२९ व्यक्तिको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार २५२ को परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार २८२, प्रदेश नं २ मा पाँच हजार ६८७, वाग्मती प्रदेशमा पाँच हजार ५१५, गण्डकी प्रदेशमा पाँच हजार ४११, प्रदेश नं ५ मा चार हजार २४०, कर्णाली प्रदेशमा पाँच हजार ५७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ आरडिटी परीक्षण गरिएको हो । हाल काठमाडौँमा चार र उपत्यका बाहिर ८५ गरी ८९ शंकास्पद व्यक्तिलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको छ ।

मन्त्रालयले कल सेन्टरमा दुई हजार ८४ कलको सम्बोधन गरिएको जनाएको छ । अहिले स्वमूल्याँकन विवरण बुझाउनेको संख््या २९ हजार पुगेको छ । हाल ३१९ जना रेड जोनमा रहेका र उनीहरुलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ ।

विराटनगरमा कोशी अस्पतालको प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण भइरहेकामा त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट समेत परीक्षण शुरु भएकाले कूल १७ स्थानबाट सेवा थालिएको डा देवकोटाले जानकारी दिए ।

शनिबार पनि कोभिड–१९ संक्रमणको संख्या ५९ नै रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ४९ जना पुरुष र १० महिला छन् । हालसम्म १६ जना निको भएर फर्किएका छन् । कूल ४३ जना उपचाररत छन् । रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा एक÷एक, वीरगञ्जमा आठ र विराटनगरमा ३१ जना उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.