दोस्रो कोरोना संक्रमित युवती पूर्ण स्वस्थ भई २७ दिनपछि घर फर्किईन्

0

काठमाण्डौं – कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित १९ वर्षीय युवती आज पूर्ण स्वस्थ भई घर फर्किएकी छिन् । उपचारको २७ दिनपछि पूर्ण रूपमा स्वस्थ भएर ती युवती आज (शनिबार) घर फर्किएकी छिन् । उनी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले जनाएअनुसार ती युवती आज पूर्ण स्वस्थ भई घर फर्किएकी हुन् । गत चैत ४ गतेफ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोना पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन्। उनी गत चैत ९ गते टेकु अस्पताल भर्ना भएकी थिईन् ।

Leave A Reply

Your email address will not be published.