कोरोना भाइरसबाट विश्वभरमा १ लाख १४ हजारको मृत्यु

0

करिव साढे अठार लाख सङ्क्रमित

काठमाण्डौं – विश्वभर ‘कोभिड–१९’को कारण मृत्यु हुने मानिसको सङ्ख्या १ लाख १४ हजार पुगेको छ । जोन हपकिन्स युनभर्सिटीले जनाएअनुसार आजसम्म कोरोनाको सङ्क्रमणबाट १८ लाख ४६ हजार ९ सय ६३ जना सङ्क्रमित बन्न पुगेका छन् ।

विश्वमै सबभन्दा धेरै अमेरिकामा २२ हजार भन्दा बढिले ज्यान गुमाएका छन्, जहाँ सङ्क्रमित संख्या ५ लाख ५० हजार पुगेको छ । न्युयोर्क शहरमा मात्रै ६ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ ।

समयमै सामाजिक दूरी अवलम्बन गरिएको भए अमेरिकामा यति ठूलो क्षति हुने थिएन भन्ने विश्लेषण यतिबेला गरिन थालिएका छन् ।

यस्तै, बेलायतमा पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । त्यहाँ १० हजार ६ सय ६७ जनाको मृत्यु भएको छ । दश हजार आँकडा पार गर्ने बेलायत पाँचौँ देश बनेको छ ।

भारतमा मृतक संख्या २ सय ७३ पुगेको छ भने कुल सङ्क्रमित सङ्ख्या ८ हजार ४ सय ४७ रहेको छ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको बिक्री प्रभावित बनेको छ । तेल उत्पादक देशहरूको समूह ‘ओपेक’का सदस्य राष्ट्रहरू तेल उत्पादनमा १० प्रतिशत कटौती गर्न तयार भएका छन् ।

यसैबीच, लाकडाउन कायम गराउन नसकेपछि टर्कीका गृहमन्त्री सुलेमान सोयलुले पदबाट राजीनामा दिएका छन् ।

Leave A Reply

Your email address will not be published.