भेसु हत्या आरोपमा ४ जना पक्राउ

0

सुनसरी, श्रावण २ । धरान उपमहानगरपालिका–८ का भेसु मगरको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय धरानले चारकोसे जंगलमा लुकेर बसिरहेको अवस्थामा मगरको हत्यामा संलग्नहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–१९ का श्रीहाङ लिम्बु, धरान–१८ का सुजन लिम्बु, धरान–८ का विनोद तामाङ र धरान–१९ का प्रसिद्ध लिम्बु रहेका छन् । उनीहरुले धरान–८ अरुण टोलका मगरलाई ‘आन्तरिक झगडाका कारण हत्या गरेको’ स्वीकार गरेका छन् । हत्यामा संलग्न अन्य ६ जनाको खोजी जारी रहेको र उनीहरु पनि चाँडै पक्राउपर्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.