भारत र पाकिस्तानमा मात्रै कोरोनाबाट २२२ जनाको मृत्यु, साढे ९ हजारभन्दा बढी संक्रमित

0

काठमाण्डौं – विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड- १९)को प्रकोपबाट दक्षिण एशियामा भारत र पाकिस्तान सबैभन्दा बढी प्रभावित बनेका छन् ।

भारत र पाकिस्तानमा मात्रै हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २२२ पुगेको छ भने ९ हजार ६ सय ३२ जना संक्रमित भएका छन् ।

भारतमा मात्रै बुधबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको भने ५ हजार ३ सय ६० जनामा कारोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यस्तै पाकिस्तानमा हालसम्म ४ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५८ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण एसियाका अन्य राष्ट्रमा पनि कोरोनाको संक्रमण बढ्दै गइरहेको छ ।

अफगानिस्तानमा अहिलेसम्म ४ सय २३ जनामा कोरोनाको संक्रमण देखिएकोमा १४ जनाले ज्यान गुमाएका छन् भने श्रीलंकामा १ सय ८६ जना संक्रमित बन्दा ६ जनाको मृत्यु भएको छ ।

यस्तै बंगलादेशमा पनि कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ पुगिसकेको छ। हालसम्म बंगलादेशमा १६४ जना संक्रमित बनेका छन् ।

यसैगरी दक्षिण एशियाका अन्य राष्ट्रहरु माल्दिभ्समा १९, नेपालमा ९ र भुटानमा ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

Leave A Reply

Your email address will not be published.