विश्वभर १० लाख भन्दा बढी संक्रमित, ५३ हजार भन्दा बढीको मृत्यु

0

काठमाण्डौं – चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसको संक्रमण विश्वका १० लाख भन्दा बढी मानिसमा पुष्टि भएको छ ।

सुरुमा चीनको हुबेइ प्रान्तमा सीमित रहेको कोरोना भाइरसका कारण हुने कोभिड–१९ को महामारी अहिले विश्वव्यापी छ । युरोप तथा अमेरिकामा अहिले कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ ।

गएको डिसेम्बरमा पहिलोपटक पहिचान भएको कोरोना भाइरसको संक्रमण साढे तीन महिनाभित्र विश्वभर १० लाख भन्दा बढी मानिसमा पुष्टि भएको हो । अहिलेसम्म विश्वभर १० लाख १४ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । अहिलेसम्म विश्वभर ५३ हजार १५८ जनाको विश्वभर कोरोना भाइरसका कारण भएको कोभिड–१९ बाट बिदा भएका छन् । अहिलेसम्म दुई लाख १२ हजार ०१८ जनामा भने संक्रमण निको भएको छ ।

पछिल्लो केही हप्तादेखि अमेरिकामा भाइरसको संक्रमण अति तीव्र गतिमा बिस्तार भइरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ९६० जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ६ हजार ६२ पुगेको छ । संक्रमितको संख्या अमेरिकामा दुई लाख ४४ हजार ३२० पुगेको छ, यसमा पछिल्लो २४ घण्टामा २९ हजार ३१७ जना थपिएका हुन् ।

यस्तै स्पेनमा मृत्यु हुनेको संख्या ९६१ ले थपिएर १० हजार नाघेको छ । स्पेनमा कुल मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको छ । स्पेनमा कुल संक्रमित हुनेको संख्या एक लाख १२ हजार ६५ रहेको छ, यसमा पछिल्लो २४ घघण्टामा सात हजार ९४७ संक्रमित थपिएका हुन् ।

इटालीमा नयाँ संक्रमितको संख्या केही कम भएको छ । पछिल्लो २४ घण्टामा चार हजार ६६८ संक्रमित थपिएपछि इटालीमा कुल संक्रमितको संख्या एक लाख १५ हजार २४२ पुगेको छ । थप ७६० जनाको मृत्यु भएपछि इटालीमा कुल ज्यान गुमाउनेको संख्या १३ हजार ९१५ पुगको छ ।

केही दिनदेखि संक्रमित नदेखिएको चीनमा पछिल्लो २४ घण्टामा ३५ जना संक्रमित भएका छन् र थप ६ जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म कुल संक्रमितको संख्या ८१ हजार ५८९ तथा मृत्यु हुनेको संख्या ३३ सय १८ रहेको छ ।

जर्मनीमा कुल संक्रमित ८४ हजार ७९४ तथा मृत्यु हुनेको संख्या ११ सय सात पुगेको छ । यसैगरी फ्रान्समा संक्रमित ५९ हजार १०५, मृत्यु हुने पााच हजार ३८७ पुगेका छन् । यस्तै इरानमा संक्रमितको संख्या ५० हजार ४६८ तथा मृत्यु हुनेको संख्या ३१ सय ६० र बेलायतमा संक्रमितको संख्या ३३ हजार ७१८ तथा मृत्यु हुनेको संख्या २९ सय २१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.