क्वारेन्टाइनमा बसेर महिला हिंसा !

0

काठमाण्डौं – विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आधाभन्दा बढी जनसंख्या क्वारेन्टाइनमा बस्न बाध्य छ ।

त्यसैकारण धेरै मानिसले घर परिवारलाई समय दिइरहेका छन् । आजको कामकाजी युगमा मानिसहरु सीमित घेरामा बसेर पनि घरपरिवारसँग दिन बिताइरहेका छन् । जुन सकारात्मक छ ।

कोरोना भाइरसका कारण आर्थिक रुपमा विश्वमा ठूलो मन्दी आउने आँकलन गरिदै छ । कयौं ठूला देशहरुले कोरोनासँग मिलेर लड्ने घोषणा गरेका छन् । कयौं गरिबहरुलाई बिहान बेलुकाको छाक टार्न धौधौ परेको छ ।

अहिले विश्वका केहि देशमा नयाँ समस्या पनि देखिन थालेका छन्, त्यो हो महिला हिंसा । यस्था घटना विकासोत्मुख देशमा बढी देखिन थालेको छ ।

यसको एक दुई उदाहरण भने बाहिर आएका छन् । उसो त यस्ता घटना अफ्रिकामा इबोला भाइरसको प्रकोपको समयमा पनि भएका थिए । ती घटनाहरु इबोला भाइरस नियन्त्रणमा आएपछि बाहिरिएका थिए । तर कोरोना भाइरसका कारण भएका घरेलु हिंसाका घटना भने अमेरिका र भारत जस्ता देशमा बाहिर आउन थालेका छन् ।

अहिले अमेरिका, बेलायत र भारतका महिलामाथि भएको हिंसाका बारेमा संयुक्त राष्ट्र संघको महिला सेलले पनि केहि घटनाबारे जानकारी दिएको छ । महिला सेलकी कार्यकारी निर्देशक फुमजिले म्लाम्बो एनगिकाका अनुसार अहिले महिलालाई शारीरिक र मानसिक उत्पीडनका घटना बढेका छन् । अमेरीका र बेलायत जस्ता विकसित देशमा पनि उत्पीडनमा परेका महिलाहरुले फोनद्धारा उजुरी दिइरहेका छन् ।

तर विकासशिल देशमा भने यसको उल्टो अवस्था रहेको राष्ट्र संघको महिला सेल निर्देशक एनगिका बताउँछिन् । उनी भन्छिन्, ‘कयौं देशमा गरिब महिलाहरु आफ्नो श्रीमानको उत्पीडन अथवा हिंसाको उजुरी गर्न सक्दैनन् । यसको कारण भनेको उनीहरु श्रीमानमाथि निर्भर हुन्छन् । बस्न खानको दुःख हुन्छ ।’

भारतका एउटा केस बाहिर आएको छ । भारतको राजस्थानको ठूलो शहर जोधपुरको ग्रामीण क्षेत्रमा बस्ने गीता अहिले श्रीमानले दिने दैनिक यातनाको शिकार भएकी छिन् ।

उनी अरु समयमा काम गर्न घर बाहिर जाने भएपनि अहिले लकडाउनका कारण घरमा नै बस्न बाध्य छिन् । उनीसँगै सबै घरपरिवार घरमा बसेपनि उनका श्रीमानले कुटपिट गर्ने गरेको बताएकी छन् ।

उनका श्रीमान् अटो चालक हुन । लकडाउनका कारण घरमा नै बस्नु पर्दा उनका श्रीमान् मदिरा सेवन गर्छन् । उनका चार जना छोराछोरी छन् । उनीहरु पनि आफ्नो बुबाको डरले सुत्छन् । गीताका श्रीमानले उनलाई कपाल समातेर टाउको भित्तामा ठोक्छन् ।

गीता भन्छिन् ‘पछिल्लो समयमा स्कुल बन्द भए । सबै घरमा बस्न थालेपछि मेरो श्रीमान रिसाउन थाले । सधै त मसँंग नै रिसाउथे तर पछिल्लो समयमा छोराहरुसँग पनि रिसाउन थाले । छोराहरुसँग रिसाएपछि म अरु नै कुरा गरेर उनको ध्यान म तर्फ मोड्न खोज्छु ।’

भारतीय एक स्वयंसेवक विमलेश सोलांकी पनि महिलामाथि हिंसा बढेको स्वीकार्छन् । उनी भन्छन् ‘महिलामाथि कोरोना भाइरस भिन्न किसिमको खतरा लिएर आएको छ । हिंस्रक श्रीमान् यस्तो समयमा झन हिंस्रक बनेका छन् ।’

अमेरिकामा पनि यस्ता घटना बढ्न थालेका छन् । अमेरिकामा आफ्नै बुबाबाट यौन शोषणमा परेकी केटीको कथा पनि कम दर्दनाक छैन । यसमा झन पीडा थपिदिएको छ कोरोना भाइरसले ।

अमेरिकी काइ नामक युवती आफ्नो बुबाबाट सानै उमेरमा यौनशोषणको शिकार भइन् । बल्ल बल्ला मनोचिकित्सकको सल्लाहमा सन्चो भइन । पुनः त्यहि बलात्कारी बाबुसँग बस्न जानु पर्ने बाध्यता लिएर आएको छ, कोरोना भाइरस ।

उनी पछिल्लो समयमा शरणार्थी शिविरमा बस्दै आएकी थिइन् । अब कोरोनाको कारण त्यो शिविर बन्द भएको छ । उनले बाध्य भएर बुबासँग बस्नु पर्ने अवस्था आएको छ । उनको कोठाको ढोका छैन । अझैपनि उ मानिसक रुपमा तनाबमा बस्न बाध्य छिन् । कति बेला के हुने हो । आज पनि उनको बुबा अर्को कोठामा बसेर ‘ब्लुफिल्म’ हेर्छन् । उनी यो सबै थाहा पाएर पनि सहन बाध्य छिन् ।

यी त प्रतिनिधि घटना हुन । कोरोनाका कारण विश्वमा यस्ता घटना कति भएका छन् कुनै लेखा जोखा छैन ।

एजेन्सीको सहयोगमा

Leave A Reply

Your email address will not be published.