कोरोना क्वारेनटाइन: ब्यवसायको बारेमा पनि सोच्नुहोस

0

गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाइरस रोग कोभिड-१९ अहिले
विश्वको झण्डै २०० देशमा फैलिसकेको छ।शुरुको एक लाख संक्रमित पुग्न झण्डै ६७
दिन लागेको थियो भने हिजो र आजको तथ्याकं हेर्दा दिनको ६० हजार बढि छ
यानेकि हेरक दुईदिनमा १ लाख नाघेको छ। यस हिसाबले हेर्दा यो ज्यामेतीय गतिमा
बढि राखेको छ।

मदन दवाडी , महासचिब , नेपाली ब्यबसायी संघ बेल्जियम

यो पहिलानै अनुमान गरिसकिएको कुरा हो कि युरोप अमेरिकाले यो प्रकोपलाइ
सहजै नियन्त्रण गर्न सक्दैन भनेर। त्यसैअनुसारनै अहिले युरोप अमेरिकामा यसको
प्रकोप भयाबह देखिएको छ। चीनमा कडा कम्युनिष्ट शासनको कारणले सरकारको
आदेश अनुशासित र कडा रुपमा पालना गर्नु, प्रबिधि र जनशक्तिमा अत्याधिक पँहुच
हुनुले चीनले कोरोना बिरुद्धको लडाँइ सहजै जित्न सक्यो। तर अत्याधिक मानब
अधिकार, लाल फित्ताशाही कानुन, मानिसहरुको व्यक्तिगत अधिकार प्रतिको
सचेतना तथा शौखिन जीवन पद्दतीले गर्दा युरोप तथा अमेरिकालाई यो लडाँइ जित्न
धेरै मुश्किल हुनेछ र जिते पछि पनि यसले यहाँको अर्थतन्त्रमा लामो समय सम्म
असर पर्ने छ।

यो कोरोना क्राइसिस पछि एउटा कुरा निश्चित छ कि अब चीनले निर्बिकल्प विश्व
अर्थतन्त्रको नेतृत्व गर्नेछ। अब चीन सँग प्रतिस्पर्धा गर्नकोलागी अगिपछि कोहि पनि
रहने छैनन। लामो समय सम्म महाशक्ति राष्ट्रको रुपमा रहेको अमेरिका
धेरै पछि पर्ने छ र अब चीन निर्बिकल्प रुपमा महाशक्ति राष्ट्र बन्ने छ।

अब कुरा गरौँ कोरोना क्वारेटाइनको, अहिले संसारभरी करिब २.५ अर्ब मानिसहरु
क्वारेन्टाइनमा बसि राखेका छन। तिनै मध्य हामी बेल्जियममा रहेका नेपाली
व्यबसायीहरु पनि क्वारेन्टाइनमा बसि राेखेका छौँ। बेल्जियम सरकारले कोरोना

नियन्त्रणको लागि भनेर मार्च १४ देखि लागु हुने गरि नयाँ नियम लागु गरेको छ।
जस अन्तर्गत खाने कुरा बाहेकका अन्य पसलहरु बन्द गरिएको छ, रात्रीकालिन
पसल(Night shop) लाई बेलुका १० बजे सम्म खुला गर्न दिइएको छ भने
रेश्टुरेण्टमा भित्र खाना खानको लागि बन्द गरिएको छ। रेस्तुरेन्टको भित्र खान बन्द
गरिए पनि लिन आउने र घरमा पुर्याउने गरि चाँहि खोलि राख्न पाइने छ।

यो आलेख मैले व्यबसायी सँघको तर्फबाट व्यबसायीहरुलाइ सुचनामुलक होस भन्ने
मुख्य उदेश्य रहेकाले त्यतातिर कुरा गरौँ र नेपाली व्यबसायीहरु अधिकाशं रेष्टुरेण्ट
व्यबसायमा संगलग्न भएकाले यसैको बारेमा कुरा गरौँ।
के takeaway र Delivery को लागि रेष्टुरेण्ट खुला गर्नु खतराजनक छ त? छैन, कति
पनि छैन यदि सतर्क रहने हो भने। आँफु सुरक्षित रहेरपनि takeaway र Delivery
कसरी संन्चालन गर्न सकिन्छ त?


रेष्टुरेण्टको लागि आबश्यक पर्ने सबै सामाग्रीहरु डेलिभरी गराउन सकिन्छ। शुसी
रेश्टुरेण्टको हकमा, शुसी सामाग्रीको होलसेल स्टोर नेपाली द्वारा संचालित
फुडएसिया खुलानै छ। तपाँइहरुले डेलिभरी गराउन सक्नुहुन्छ भने त्यहाँ गएर पनि
लिन सक्नुहुन्छ।त्यस्तै गरि रेष्टुरेण्टको लागि चाहिने तरकारी तथा अन्य फ्रेस
सामाग्रीहरु पनि डेलिभरि गराउन सकिन्छ वा लिन गए पनि होलसेल पसलहरुमा
एकदमै कम भिढभाड हुने हुनाले पुर्ण सुरक्षित हुन्छ।डेलिभरीको लागि अर्डर
दिएपछि उनीहरुले रेष्टुरेण्टमानै ल्याएर राखिदिने छन।

यि बाहेक अन्य केहि चिजचाहिएमा तपाँइ मान्छेको भिडभाढ नहुने होलसेल पसलहरुमा जान सक्नुहुनेछ।भ्याटनं बिना भित्र छिर्न नपाउने पसलहरु जस्तै हानोस लगाएत अन्य स्टोरहरुमा सामान
खरिद गर्न जानु पुर्ण रुपमा सुरक्षित छ। यदि कुनै सामान यदि यहाँ नपाइने छ भने
यो क्राइसिसको बेला भएकाले तपाँइले सबै मेनु( अल कार्ट) दिन पर्छ भन्ने जरुरी
छैन। यो चाँहि मेनु हामीले दिन सक्दैनौँ भनदिएमा ग्राहकले सहज लिने छन।
त्यस्तै गरि यदि तपाँइकोमा काम गर्ने मान्छेहरु पनि डराएर आएनन वा थोरै छन
भने असजिलो, बनाउन समय लाग्ने र पहिलानै तयार गर्न नमिल्ने मेनु हटाइदिन

सक्नुहुनेछ। जुन खानेकुरा पहिलादेखि तयार गर्न सकिन्छ त्यसको मात्र मेनु उपलब्ध
गराउने। यो बेलामा ग्राहकले यस्तो कुरामा अन्यथा लिने छैनन। बरु यस्तो बेलामा
पनि सर्भिस दिइ राखेको भनेर खुसि हुनेछन।

यो बेलामा अधिकाशं रेश्टुरेण्ट बन्द भएकाले नयाँ ग्राहकलाइ आकर्शित गर्ने सुनौलो
मौका पनि हो यो। असहज परिस्थिमा पनि खोलिराखेको भनि तपाँइको नियमित
ग्राहक पनि खुसि हुनेछन।मानिसहरुलाइ बिकल्प कम भएकाले तपाँइको रेष्टुरेण्ट मस्त
चल्ने छ। मानिसहरु घरमा बस्ने भएकाले र फुर्सद हुने भएकाले जति धेरै फुर्सद भयो
उति धेरै खाने बानी पनि हुनेभएकाले पनि रेष्टुरेण्टहरु यो समय ज्यादा चल्ने
छ।अहिले अरुहरु सबै बन्द गरेर घरभित्रै बसेको बेला तपाँइ आफ्नो काम नियमित
गर्नु हुनेछ। जब यो क्राइसिस सकिने छ। तब सबै मानिसहरु आ-आफ्नो काममा
नियमित जाने छन, सबै रेष्टुरेण्टहरु खुल्नेछन त्यति बेला मन्दि शुरु हुनेछ। अनि बरु
तेतिबेला बन्द गरेर तपाँइ बिदा मनाउन खुला हिड्न सक्नुहुनेछ, समुद्रमा गएर सुत्न
सक्नुहुनेछ। व्यबसाय भनेकोनै चुनौतिलाइ अबसरमा बदल्नु हो र अरु भन्दा फरक
तरिकाले सोच्नु हो।
Takeaway तथा Delivery संचालन गर्नलाइ थोरै टिप्स दिन चाहन्छु।
काम गर्नेलाइ पुर्ण रुपमा तिन भागमा बिभाजन गर्नुहोस। खान बनाउने, ग्राहक सँग
सम्पर्क गर्ने (बारमा बस्ने) र डेलिभरि गर्ने। यी तिन बिच एक आपसमा भौतिक
समम्पर्कनै नगर्नुहोस। बारमा बस्नेले अर्डर लिन्छ उसले त्यो अर्डरलाइ कासा
सिस्टममा राखिदिन्छ, प्राय सबै किचनमा अर्डर प्रिन्ट हुने छुट्टै प्रिन्ट हुन्छ त्यसैले
उसँगको सम्पर्क बिनानै टिकट तपाँइकोमा आँउछ। त्यो खाना बनाउनुहोस, प्याकिगँ
गर्नुहोस र निश्तिच ठाँउमा लगेर राखिदिनुहोस। बारमा काम गर्नेले त्यो खाना
कसको हो हेर्छ, डेलिभरी भए डेलिभरी पठाउनलाइ निश्तिच ठाँउमा राखिदिन्छ,
डेलिभरी गर्नेले आएर बिना भौतिक सम्पर्क लैजान्छ। डेलिभरी गर्नेलाइ पन्जा
लगाउन भन्नुहोस र हरेक डेलिभरी पछि पन्जा फालेर राम्रो सँग हात धोएर
सेनिटाइजर गर्न लगाउनुहोस।

यदि लिन आउने हो भने ग्राहकको नाम लेखेर निश्चित ठाँउमा राखिदिन्छ।
ग्राहकलाइ डेढ मिटर टाडै राख्नको लागि टेबलको पर्योग गरेर रोक्नुहोस। पैसा क्यास
लिए साट्न नपर्ने गरि ठ्याक्क ल्याउनलाइ भन्नुहोस हैन इलेक्ट्रोनिस तिर्ने हो भने
Appel pay वा payconiq बाट बिना सम्पर्क तिराउनुहोस त्यस्तै ब्यान्क कन्टाक्तबाट
तिर्ने भएपनि हातमा पन्जा लगाएर पिन नं हान्न
लगाउनुहोस र त्यो पन्जा तत्कालै फाल्न लगाउनुहोस।

रेष्टुरेण्टमा काम गर्न यतिखेर जस्तो मजा कहिलेपनि छैन कनिकी स्ट्रेस रहित रहने
छ। व्यस्त भए समय मजाले दिनुस कसैले केहि भन्दैन, खाना सकिए, सकियो
भनिदिनुस, केहि कम्जोरी भएपनि कसैले केहि भन्दैन आनन्दले काम गर्न सकिन्छ।

अब जो जो व्यबसाय बन्द गरेर वस्नुभएको छ तपाँइहरु पनि म:म, दुनोट, चटपटे,
पानिपुरी लगाएत अन्य खानेकुराको फेसबुकमा स्टोरी हालेर मात्रै नबस्नुहोस। अब
यो क्राइसिस पछि तपाँइको व्यबसाय पहिले जस्तो सहज हुनेवाला छैन।
यहाँ एउटा उदारण दिन चाहन्छु, तिनजना खेलौना व्यबसायी एउटा बिबाह पार्टीमा
गएछन। दुइजना बिबाहमा मजाले खाने पिउने रमाउने गरेछन भने एकजना
केटाकेटी हरु सँग उनीहरु सँगै खेलौना खेल्दै बसेछ। केटा केटी सँग घुलमिल भएछ
उनीहरुलाई सोधेछ त्यो खेलौना कस्तो भइदिएको भए अझै राम्रो हुने थियो?
उनीहरुको चाहना को अनुभब गरेछ। त्यसको केहि समय पछि उसले नयाँ किसिमको
खेलौना बजारमा ल्यायो केटाकेटीहरुको चाहना अनुसारको। ति बाँकि दुइजना खाने
पिउने रमाउनेले पुरानै सामानलाइ निरन्तरता दिए। नयाँ खेलौना केटाकेटीको
चाहना अनुसारको थियो बजारमा राम्रो बिक्री भयो, उसले बजार लियो तर बाँकि
दुइवटाको खेलौना बिस्तारै बिक्रि हुन छाडेछ। यसको मत्लब के हो भने व्यबसायी
हरुले जुनसुकै बेलापनि व्यबसायको बारेमा सोच्नु पर्दछ।

अहिले व्यबसाय बन्द गरेबापत सरकारले व्यबसायी तथा बेरोजगार जनतालाइ
प्रसस्त राहत प्याकेज ल्याएको छ। बेल्जियम सरकारले यो राहतको लागि भनेर १६
मिलियार्ड रकम छुट्टाएको छ। सरकारको आफ्नै छुट्टै आम्दानी हुदैँन। सरकारले यो
रकम अन्तत जनताबाटनै उठाउने हो। सामान्य हरेक बर्षको अन्तमा दिने चाडबाड
खर्च तथा फाएर वर्कको लागि अक्टोबर देखि डिसेम्बर सम्म प्रश्सत कन्ट्रोल हरु हुने
गर्दछ। ट्राफिक कन्ट्रोल, व्यबसायमा कन्ट्रोल लगाएत अन्य बिबिध कन्ट्रोल र त्यहि
कन्ट्रोल बाट उठाएको जरिवाना बाट यि खर्च चलाउने गर्दछन भने सोच्नुस यति
ठुलो रकम उठाउन कति धेरै कन्ट्रोल गर्लान?


यिनीहरुको नियम, कानुनको जालो यति जटिल छ कि कुनै कन्ट्रोल आयो भने बिना
जरिबाना दिइ फर्कदै फर्कदैनन। त्यसैले यो क्राइसिस पछि तपाँइले हरेक कुरा
sociaal inspectie, voeding inspectie तथा BTW inspectie को सामना गर्न पर्ने
छ।यो फुर्सदको समयमा यी कन्ट्रोल हरुको रोकथाम गर्न तथा यि कन्ट्रोलहरुको लागि
सबै कुराको तुस्त दुरुस्त पार्नको लागि आबश्यक अध्ययन गर्नुहोस।सामाजिक
सचिबालय अफिसहरुले (Sociaal secretariaat) यसको बारेमा चेतावनी
पठाइसकेका छन कि अब भारीमात्रामा कन्ट्रोल हुनेछ र त्यसबाट सचेत रहनको
लागि।


त्यस्तैगरि यो क्राइसिस पछि तपाँइको व्यबसाय पहिलेकै ढाँचामा चल्न गाह्रो हुनेछ ।
हाम्रो यो सेवामुलक व्यबसाय त झनै प्रभाबित हुने छ। त्यसैले यो बाट आँफुलाइ
बचाँइ राख्न केहि सिर्जनात्मक कुराहरु सोच्नुहोस। त्यस्तै गरि तपाँइको व्यापार
घटेपनि व्यबशायलाइ कसरि निरन्तरता दिन सकिन्छ भन्ने बारेमा सोच्नुहोस।
तपाँइको लागतमा कसरि न्युनिकरण गर्न सकिन्छ भन्ने बारेमा पुर्ब तयारी गर्नुहोस।
थोरै जनशक्तिले कसरी धेरै काम गराउन सकिन्छ। कार्य प्रभाबकारिता कसरी
बढाउन सकिन्छ भन्ने बारेमा सोच्नुहोस।सबै कुराको पुर्ब तयारी तथा पुर्ब योजना
बनाउनुहोस जसले गर्दा तपाँइले जुनसुकै चुनौती सामाना गर्न सक्नुहोस।

अन्तमा तपाँइले अबको व्यबसायीक वाताबरणको हावाको दिशा त बदल्न सक्नुहुन्न
तर आफ्नो गन्तब्यमा पुग्नको लागि पाल मिलाउन सक्नुहुन्छँ त्यहि पाल मिलाउने
बारेमा सोच्नुहोस।

सोच्नुहोस।(you can’t change the direction of the wind, but You can
adjust your sails to always reach my destination.)

Leave A Reply

Your email address will not be published.