कोरोनाको संक्रमणबाट फ्रान्सका पूर्वमन्त्रीको निधन

0

काठमाण्डौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट फ्रान्सका पूर्वउद्योग मन्त्री पाथ्रिक देभेंजको मृत्यु भएको छ ।

उनको आइतबार पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण भएको आशंकामा उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले आफ्नो स्वास्थ्यमा सुधार आएको भन्दै शुक्रबार ट्वीटसमेत गरेका थिए ।

७५ वर्षीय देभेंज सन् २००८ को डिसेम्बर ५ देखि २०१० को नोभेम्बर १३ सम्म मन्त्री बनेका थिए । काेराेना भाइरसकाे संक्रमणबाट फ्रान्समा हालसम्म २ हजार ३ सय १४ जनाले ज्यान गुमाएका छन् भने ३७ हजार ५ सयभन्दा बढी संक्रमित बनेका छन् ।

Leave A Reply

Your email address will not be published.