लकडाउनको तेस्रो दिन काठमाडौंमा २३५ सवारी साधन नियन्त्रणमा

0

काठमाण्डौं – कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनको उलंघन गरी सवारी चलाउने २ सय ३५ सवारी साधनलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

विहीबार बिना काम लकडाउन उलंघन गरी सवारी चलाउने जम्मा दुई सय ३५ सवारीसाधन नियन्त्रणमा लिइएको माहानगरीय ट्राफिक प्रहरी माहाशाखाले जनाएको छ ।

यी मध्ये दुई सय १२ ओटा दुई पाग्रे र २३ ओटा चार पांग्रे रहेका छन् ।

बुधबार १ हजार ६३ ओटा सवारीसाधन कारबाहीमा परेका थिए । बुधबार समातिएका सवारीसाधनलाई सम्झाई बुझाई गरेर छोडिएको महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.