जापानले बनाएको कोरोनाको औषधि चिनले गर्यो प्रमाणित

0

काठमाण्डौं – जापानले बनाएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको औषधि प्रभावकारी देखिएको छ । चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी देखिएको बताएका छन ।

चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि चीनको बुहान र सेन्जेन प्रान्तमा क्लिनिकल परीक्षणका रुपमा ३४० विरामीमा प्रयोग गरिएको थियो । सो औषधि निकै प्रभावकारी भएको पाइएपछि अरुमा पनि प्रयोग गरिएको थियो ।

यो औषधि कोरानाको उपचारमा निकै सुरक्षित र प्रभावकारी पाइएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै दि गार्जियनले जनाएको छ । कोरोना भाइरस पोजेटिभ देखिएका विरामीलाई औषधि दिँदा चार दिनमा नै विरामीमा कोरोना नेगेटिभ देखिएको थियो । समान्यतया अन्य औषधि दिँदा ११ दिन लाग्ने गरेको जापानी टेलिभिजन संस्था एनएचकेले जनाएको छ ।

साथै सो फाभीपिराभिर नामका औषधि दिइएका विमामीको फोक्सोको अबस्थमा ९१ प्रतिशितले सुधार भएको र अन्य औषधि दिइएकमा ६२ प्रतिशत मात्र सुधार भएको जनाइएको छ । जापानी चिकित्सकहरूले कोरोनाको समान्य खालको लक्ष्यण भएका विारमीमा क्लिनिकल परीक्षण गर्दा यसबाट विरामीमा भाइरसको बृद्धिदरमा कमी आएको बताएका थिए ।

तर जापानी स्वास्थ्य मन्त्रालय स्रोतले भने गम्भिर संक्रमण भएका विरामीमा भने त्यति धेरै प्रभावकारी नभएको बताएका छन् । नेपालको सरकारी पत्रिका गोरखापत्रको अनलाइन संस्कारण गोरखापत्र अनलाइनका अनुसार चिनमा यो औषधिले निकै ठुलो सहयोग गरेको थियो ।

Leave A Reply

Your email address will not be published.