कोरोना भाइरस: एक नेपाली परिवारै कोरोना संक्रमित

0

काठमाण्डौं – जर्मनीको राइनल्याण्डस्थित एक शहरमा बसोबास गर्ने नेपाली परिवार नै कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

विगत दश वर्ष देखि जर्मनमा बसोबास गरिरहेका नेपाली परिवारका सदस्यहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई सन्तान सहित आमाबाबु सहित गरेर ४ जनाको परिवार रहेको जनाइएको छ । परिवारलाई नै कोरोना संक्रमण पुष्टि भएपछि सो परिवार आफ्नै निवासमा क्वारेन्टाइनमा रहेका छन् ।

संक्रमितहरूको उमेर समूह आमाबाबुको ४०/४५ र सन्तानहरूको १०/१२ बर्ष रहेको जनाइएको छ ।

सुरुका तीन दिनपछि स्वास्थमा निकै समस्या भएको तर अहिले १० दिन कटिसकेकोले स्वास्थमा निकै सुधार भएको बताएका छन् । उनिहरूले आफुहरू निको हुँदै गएको र चिन्ता नगर्न समेत सबैलाई आग्रह समेत गरेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.