बच्चालाई जन्म दिएलगत्तै कोरोनाका कारण आमाको मृत्यु

0

काठमाण्डौं – पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । मृत्यु भएकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।

विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ । ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ ।

उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ । पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् । ती महिला सहित कोरोना भाइरसको संक्रमणबाट पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.