कोरोना भाइरस: २४ घण्टामा १३ सय ५७ जनाको मृत्यु, इटालीमा सबैभन्दा धेरै

0

काठमाण्डौं – विश्भर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै १३ सय ५७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वभर २ लाख ७५ हजार ५ सय ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसमध्येका ३० हजार ६ सय ३७ जना नयाँ संक्रमित हुन् ।

कोरोना भाइरसबाट संक्रमित ९१ हजार ५ सय ३३ जना उपचारपछि निको भएका छन् । अहिले १ लाख ७२ हजार ६ सय ४९ जनाको उपचार भइरहेकोमा उनीहरु मध्ये ७ हजार ७ सय ६५ जना गम्भीर रहेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण बितेको २४ घण्टामा सबैभन्दा धेरै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म ४ हजार ३२ जनाले ज्यान गुमाइसकेका छन ।

चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । चीनमा बितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । त्यहाँ ४१ जनामा नयाँ संक्रमण फेला परेको छ ।

त्यस्तै स्पेनमा २ सय ६२, इरानमा १ सय ४९, फ्रान्समा ७८, अमेरिकामा ५४, बेलायतमा ३३, नेदरल्याण्डमा ३०, बेल्जियममा १६ जनाले बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

Leave A Reply

Your email address will not be published.