
कोरोना कोविड भाईरसले निम्त्याएको आपात्कालिन अबस्था सँग जुध्न बेल्जियमका राजनितिक पार्टीहरुले शक्तिशाली राष्ट्रिय सरकार बनाएका छन । गत साल भएको आमनिर्वाचनमा कुनै पनि पार्टीले बहुमत नपाएको र पार्टीहरु बिच सरकार बनाउने बिषयमा सहमति बन्न नसक्दा काम चलाऊ सरकारले राज्य सन्चालन गरी रहेको थियो ।
कोरोनाका कारण देशले असामान्य स्थितीको सामना गर्नु परेको र सबै बिषयहरुलाई सन्सदबाट पारीत गराउन पनि सम्भब नहुने भएकोले बेल्जियमको ईतिहासमा बीस बर्ष पछि यहाँका दस राजनितिक दलले काम चलाऊ प्रधानमन्त्री सोफी विलियमको मन्त्रिपरिषदलाई ”पावर अफ अटर्नी” प्रदान गर्दै बेल्जियममा बिरलै देखिने राष्ट्रिय एकताको पर्दर्शन गरेका छन । यसले नयाँ सरकार गठनमा पनि सहमति बनाउन दलहरुलाई दबाब बढ्ने आकलन गरिएको छ् अब सरकारले स्वास्थ्य मात्र नभै आर्थिक, सामाजिक मुद्दाहरुमा पनि बिशेष निर्णय लिन सक्नेछ।
२०१८ मा अध्यागमन कानुन र सरणार्थी सम्बन्धी कानुनमा एकमत हुन नसकेर तत्कालिन चार्ल्स मिखेलको सरकार अल्पमतमा परे पछि मध्याबदी चुनाव भएको थियो । मिचेल काम चलाऊ सरकारको प्रधानमन्त्री रहदाकै अवस्थामा युरोपियन काउन्शिलको प्रेसिडेन्ट निर्बाचित भएपछी उनकै पार्टीकी नेत्री सोफी केयर टेकर सरकारको नेत्रित्व गरिरहेकी छिन् ।
आपतले निम्त्याएको एकतालाई सबै पार्टीका नेताहरुले सकारत्मक् र देश र जनताका लागि दबाबमुलक भएको बताएका छन ।