अमेरिकी सेनाले कोरोना भाइरस ल्याएको चीनको आशंका

0

काठमाण्डौं – चीनको वुहानबाट देखा परेको कोरोना भाइरस (कोभिड – १९) चीनमा देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार हुनसक्ने आशंका व्यक्त गरेको छ ।

गत बर्षको डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय १६ देशमा फैलिसकेको छ । विश्वस्वास्थ संगठनले पनि कोरोना भाइरसलाई विश्वव्यापी स्वास्थ महामारी घोषणा गरिसके छ ।

तर कोरोना भाइरस चीनको वुहानमा उत्पत्ति भएको कुरामा त्यहाँका अनुसन्धानकर्ताहरू विश्वस्त हुन् सकेका छैनन् । हालै मात्र चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाका कारण कोरोना भाइरस वुहानसम्म आइपुगेको आशंका गरेको कुरा फक्स न्युजले उल्लेख गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अङ्ग्रेजीमा ट्विट गर्दै ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो ? कतिजना संक्रमित भए ? अस्पतालका नाम के हुन् ? भन्दै प्रश्न गरेका छन् । जाओले उक्त महामारी वुहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने आशंका गरेका हुन् ।

केहि दिन अगाडि मात्रै दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूतले पनि कोरोना भाइरस चीनबाटै उत्पत्ति भएको हुनसक्ने सम्भावना व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘यो भाइरस चीनमा पहिलो पटक देखियो भन्नुको अर्थ यो चीनबाटै उत्त्पति भएको भन्ने होइन ।’

यी दुईको भनाइले कोरोना भाइरस चीनमा आइपुग्नुमा अमेरिकाको भूमिका भएको दावी गर्छ । चीनको जनसम्पर्क अभियानले बारम्बार यसमा अमेरिकाको हात भएको बताउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.