साँढे दुई लाख घुस प्रकरण: मन्त्री भट्टराई पत्नी कानुनी उपचारको तयारीमा

0

काठमाण्डौं – पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेमाथी साँढे दुई लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि भट्टराई पत्नी घिमिरे कानुनी उपचारको लागि प्रहरीमा उजुरी दिने तयारी गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

उनीमाथि एक युवतीलाई नर्सिङ काउन्सिलको लाइसेन्स परिक्षामा उतिर्ण गराइदिने भनी आरोप लागेको हो । घिमिरे काउन्सिलकी रेक्टर हुन् ।

घुसका लागि फेसबुक म्यासेन्जरमा कुराकानी गरेको बिषय पनि सार्वजनिक भएको गरिएको छ । म्यासेन्जरमा जीता बरालको नाम उल्लेख छ । यसको स्वतन्त्र रूपमा पुष्टि भने हुन बाँकी छ ।

पत्नीमाथी गम्भीर आरोप लागेपछि पर्यटनमन्त्री भट्टराईले फेसबुकमार्फत नै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले घटनाबारे उल्लेख नगरी कुनै गल्ती नगरिएको र नगरिने स्पष्ट पारेका छन् । षड्यन्त्रप्रति सचेत रहेको उनको भनाइ छ ।

सत्तारूढ नेकपाका एकपछि अर्को नेताहरू भ्रष्टाचारको मामिलामा विवादित बन्दै गएका छन् । पछिल्लो समय पर्यटनमन्त्री भट्टराई पत्नी पनि विवादमा तानिएका हुन् । उनले पनि आफूमाथि षड्यन्त्र भएको प्रतिक्रिया दिएकी छिन् ।

पर्यटनमन्त्री पत्नी घिमिरेलाई आरोप लगाउने जीता बराल काउन्सिलकी सदस्य हुन् । सदस्यमा उनको नाम दशौं नम्बरमा छ । एक युवतीलाई नर्सिङ काउन्सिलको लाइसेन्स परिक्षामा उतिर्ण गराइदिने भन्दै घुस मागेको सार्वजनिक भएको छ ।

जसमा बरालले रजिष्टारसँग कुरा मिलाइदिने भनेकी छन् । पर्यटनमन्त्री भट्टराई पत्नी घिमिरे नर्सिङ काउन्सिलकी रेक्टर हुन् । काउन्सिलले नर्सिङको लाइसेन्स परिक्षा लिन्छ ।

Leave A Reply

Your email address will not be published.