प्रधामन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

यही फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले प्रत्यारोपणको आज चौथो दिन साधा खाना खान थालेको अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओली सामान्य हिँडडुल गर्न थालेका छन् भने ‘फिजियो थेरापी’लाई निरन्तरता दिइएको छ। यस्तै उनका ‘भाइटल’ र ‘ल्याब’ सूचाकांकहरु सामान्य रहेका छन् ।

उनलाई मिर्गौला प्रदान गर्ने समिक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार आएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.