कांग्रेसमा पुनः चर्कियो गुट विवाद: चाक्सीबारीमा पौडेल गुटको भेला

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पुनः गुटगत विवाद चर्किएको छ । १४ औं महाधिवेशनको मिति तोकिसकेको अवस्थामा सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्ने गरि अगाडि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आवश्यक रणनीति बनाउन भन्दै गुटगत भेलामा जुटेको हो ।

सभापति देउवाले एकलौटी रूपमा पार्टीको विभाग गठन, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य तथा ३० सदस्यीय ज्येष्ठ कांग्रेस सभा समेत मनोनीत गरेपछि पौडेल पक्ष रुष्ट छ ।

आगामी बर्षको फागुनमा १४ औं महाधिवेशनको मिति तोकिएको छ भने वर्तमान केन्द्रीय कार्यसमितिको पदावधि एक बर्ष थपिएको छ । थपिएको पदावधिमा एकलौटी रूपमा देउवाले नियुक्ति गरेपछि आवश्यक रणनीति बनाउन भेला डाकिएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।
राजधानीमा उपलब्ध जिल्ला सभापति तथा उपसभापतिहरूका साथै पौडेल पक्षका केन्द्रीय सदस्यहरू कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला भएका हुन् ।

भेलामा महामन्त्री शंशाक कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल सहितका नेताहरू सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.