संघीय सरकारका दुई बर्ष: प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

0

काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएको भोलि (फागुन ३ गते) दुई बर्ष पूरा हुँदै छ । सरकार गठन भएर दुई बर्ष गरेका काम कार्वाही बारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनालाई जानकारी गराउने भएका छन ।

शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ । ओली नेतृत्वको वर्तमान सरकारले सोचेअनुरूप काम गर्न नसकेको भन्दै पार्टी भित्रैबाट समेत आलोचना भै रहेको समयमा प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्न लागेका हुन ।

प्रचण्ड बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार आफ्नो चुनावी घोषणा पत्र कार्यान्वयनमा उदासीन देखिएको छ भने संवैधानिक हक समेत कुण्ठित गर्न लालायित रहेको आरोप लाग्ने गरेको छ भने भ्रष्टाचारको नयाँ कीर्तिमान कायम गर्न लागिरहेको भन्दै आलोचित हुँदै आएको छ ।

ओली नेतृत्वको वर्तमान सरकारले केही सुधारका काम अगाडि बढाएपनि त्यो पर्याप्त नभएको र आशा भन्दा निराशा धेरै रहेको जानकारहरूको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.