चट्याङ लागेर एकको मृत्यु

0

बाबियाचौर, ३१ असार । म्याग्दीको भकिम्लीमा बुधबार साँझ परेको चट्याङ लागेर एक जनाको मृत्युभएको छ । भकिम्ली–४ का ४८ वर्षीय दानबहादुर घर्तिमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेपछि बेहोस बनेका घर्तिमगरको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको हो । घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो ।

Leave A Reply

Your email address will not be published.