नेकपा सचिवालय बैठकको निर्णय: सभामुखमा अग्नि सापकोटा

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे देखि बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठकले उपसभामुखबाट शिवमाया तुङ्गबाहाम्फेलाई राजिनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

संसद प्रमुख बिहीन भएको करिव चार महिनापछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नै बफादारलाई सभामुख बनाउनु पर्ने अडानबाट पछि हटेपछि पूर्व माओवादी पृष्टभूमिका अग्नि सापकोटाले सभामुख बन्ने अवसर प्राप्त गरेका हुन् ।

आइतबार बिहान बालुवाटारमा भएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार माओवादी पृष्टभूमिबाटै सभामुख बनाउनु पर्ने आफ्नो अडानबाट पछि नहटेपछि ओली आफ्नो अडानबाट पछि हट्न बाध्य भएका हुन् ।

योसँगै प्रचण्डले आफ्नो जित भएको भन्दै खुसी व्यक्ति गरेको उनी निकट एक नेताले बताए ।

पार्टी एकताका बेला भएको सहमति अनुसार पूर्व माओवादीबाटै सभामुख बनेका कृष्णबहादुर महरालाई बलात्कारको अभियोग लागेपछि गत असोज १४ गते उनले सभामुख पदबाट राजीनामा दिएका थिए ।

Leave A Reply

Your email address will not be published.