फ्रान्समा “नेपाल भ्रमण वर्ष २०२०” को प्रचारप्रसारका साथै “नेपाली टोपी दिवस” भव्यताका साथ मनाइयो

0

गोर्खाली समाज फ्रान्सको आयोजनामा बिगतका वर्षहरु झैँ यस वर्ष पनि यहि २०२० को पहिलो दिन जनवरी १ मा फ्रान्सको आइफल टावर अगाडी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका साथै अन्तरास्ट्रिय नेपाली टोपी दिवस तथा नयाँ बर्ष सन् २०२० को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने नाराका साथ ७ औं नेपाली टोपी दिवस नेपाल लगायत विश्वभर स्वत फुर्त रुपमा नेपालीहरुले टोपी दिवस मनाइरहदा फ्रान्सका नेपालीहरुले फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावरमा टोपी र नेपाली पोशाक लगाएर टोपी दिवस मनाएका हुन ।


साथै, नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएसंगै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार र पर्यटन प्रवर्दनमा टेवा पुग्ने उदेश्यले कार्यक्रम गरिएको थियो । नेपालको पहिचान झल्कने कार्यक्रममा करिब ३०० जति पर्चा वितरण गरिएको थियो ।


चिसो मौसम र पानी परेता पनि बिदेशीले पनि प्ले कार्ड सहित उपस्थित भएको कार्यक्रममा आगन्तुक पर्यटकहरुले नेपाली सस्कृतिको बारेमा उत्सुक हुदै कार्यक्रममा सहभागिता जनाएका थिए । नेपाल चिनाउन र चिसो मौसममा बाडिएको नेपाली तातो चियाले पनि स्थलमा उपस्थित फ्रेन्च र अन्य पर्यटकहरुलाई थप आकर्षण गरेको थियो ।


फ्रान्सकालागी नेपाली महमहिम राजदुत दिपक अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप-प्रमुख नियोग प्रमुख खड्ग प्रसाद दाहाल, नेपाली साँस्कृतिक गृहका सुरज श्रेष्ठ, मगर समाज फ्रान्सका अध्यक्ष रमेश थापा, नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, एनआरएनए युवा संयोजक दिलिप गुरुङ, अन्तर्राष्ट्रिय टोपी प्रतिष्ठान, सस्कृति तथा सद्भावना दूत एनआरएनए फ्रान्सका पुर्ब अध्यक्ष एवं समाजका सल्लाहकार निर्मल अर्याल, एनआरएनए फ़्रान्सका संस्थापक अध्यक्ष एवं गोर्खाली समाज फ्रान्सका अभिभावक हरिहर अर्याल, भुतपुर्ब एनआरएनए आई. सी. सी. मिन जि सी लगायत अन्य अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ।


सोही क्रममा बोल्दै गोर्खाली समाज फ्रान्सका अभिभाबक एब एनाअरएनए फ्रान्सका सस्थापक हरिहर अर्यालद्वारा नेपाली टोपीको इतिहास र महत्वको बारेमा जानकारी दिनु भएको थियो ।
साथै एन आर एन ए फ्रान्सका पूर्व अध्यक्ष एब गोर्खाली समाजका सल्लाहकार निर्मल अर्यालले फ़्रेन्स भाषामा नेपाली ढाका टोपी र टोपी दिबसको महत्वका बारेमा प्रस्ट पार्दै नेपाल भ्रमण वर्ष २०२० लाई आ-आफ्नो ठाउबाट सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभयो ।


सास्कृतिक मन्च गोर्खाली समाज फ्रान्सका संयोजक एबम कबि सुजन राज भट्टले टोपी शिर्षकमा आफ्नो कबिता वाचन गर्नु भएको थियो ।


छोटो समयमा तयार गरीएको कार्यक्रम भए पनि गोर्खाली समाज फ्रान्सको आमन्त्रणलाई स्वीकार गरी सगरमाथा र गौतम बुद्धको देश भनेर चिनाउने उदेश्यका साथ नेपाली पहिरनमा उपस्थित भएका थिए ।

गोर्खाली समाज फ्रान्सका महासचिब राजेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्ने क्रममा गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले आगन्तुक सम्पूर्ण महानुभाबहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.