युवा सङ्घका सदस्यको हत्या

0

नेपालगन्ज, २८ असार । केही युवाको समूहले स्थानीय गगनगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको खुकुरी प्रहार गरी हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक वसन्तराज पन्तका अनुसार आज अपराह्न सुर्खेत रोड नजिकै चार-पाँच जनाको समूहले मानन्धरमाथि खुकुरी प्रहार गरेको र उनको स्थानीय अस्पतालमा उपचारका क्रममा अत्यधिक रक्तस्राब भई मृत्यु भएको जनाइएको छ ।
अभियुक्त पाँच जनालाई प्रहरीले पक्राउ गरेको र उनीहरूले अपराध सकारेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।
यसैबीच नेकपा (एमाले) बाँकेले आज विज्ञप्ति प्रकाशन गरी युवा सङ्घ नेपालका नेपालगन्ज नगर कमिटी सदस्य मानन्धरको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ । अपराधीलाई कुनै पनि प्रकारको राजनीतिक संरक्षण गरिए सङ्घ आन्दोलनमा उत्रने चेतावनी जिल्ला सचिव रत्न खत्रीद्वारा प्रकाशित विज्ञप्तिमार्फत दिइएको छ ।

Leave A Reply

Your email address will not be published.