काठमाण्डौं – रुसका राष्ट्रपति भ्लादमीर पुटिनको नेपाल भ्रमण गराउन नेपाल सरकार कम्मर कसेर लागेको छ । केही समय अगाडि नै सरकारका प्रवक्ता एंब सुचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले महाशक्ती राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई नेपाल भ्रमण गराउने सरकारको प्राथमिकतामा रहेको जानकारी दिएका थिए ।
यसै बिच आगामी डिसेम्बरको अन्त्य ( पुष दोस्रो साता ) सम्म रसियाली राष्ट्रपति पुटिनको नेपाल भ्रमणको गृहकार्य भै रहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार पुटिन तीन दिवसीय राजकीय भ्रमणमा नेपाल आउने तयारी करिब – करिब अन्तिम चरणमा पुगेको र सुरक्षालगायत कारणलाई मध्यनजर गर्दै भ्रमणको आधिकारिक तालिका सार्वजनिक हुने सम्भावना भने निकै न्यून रहेको जनाइएको छ ।
पुटिन भ्रमणकै चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार रसियाको औपचारिक भ्रमण गर्दै छन् । परराष्ट्रमन्त्रीको रूस भ्रमण सँगै पुटिनको नेपाल भ्रमणको रुपरेखाले आधिकारिकता प्राप्त गर्ने बुझिएको छ ।
रसीयामा रहँदा मन्त्री ज्ञवालीले रसियन समकक्षी सर्गेई लाभ्रोभावसँग २५ नोभेम्बरमा भेटवार्ता गर्ने कार्यसुची छ । २६ नोभेम्बरमा उनले नेपाल – रसिया सम्बन्ध र समन्वयका बिषयमा मस्कोस्थित ईन्स्टिच्यु अफ इन्टरनेशनलमा बिशेष सम्बोधन गर्ने परराष्ट्रले जानकारी दिएको छ ।
पुटिनको चासोमा नेपालको युरेनियम
आर्थिक रुपमा अमेरिका सहित युरोपियन युनियनको कडा प्रतिबन्धको सामना गरिरहेको पुटिन नेतृत्वको क्रेमलिनले नेपालको मनाङ र मुस्ताङमा रहेको भनिएको उच्च गुणस्तरको युरेनियममा आफ्नो आफ्नो पकड राख्न लालायित छ ।
नेपालका दुबै छिमेकी चीन र भारतको रणनीति साझेदार समेत रहेको रसीयाले नेपालको युरेनियम खानिमा आफ्नो पहुँच पुर्याउन भारत र चिनको अवरोध नहुने कुरामा मध्यनजर गर्दै आफ्नो आणविक शक्ति बिस्तारको लागि नेपालको युरेनियम लाभदायक हुने ठानेर नै पुटिनले नेपाल भ्रमणलाई अनुमोदन गरेको विश्लेषण गरिएको छ ।