मोदीका ‘विशेष दूत’ श्याम शरण काठमाडौंमा !

0

काठमाण्डौं – भारतले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर आफ्नो नक्सामा गाभेपछि नेपालभित्र र बाहिरबाट भारतको कडा विरोध भइरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर पूर्वविदेश सचिव श्याम शरण काठमाडौं आएको स्रोतले बतायो ।

स्रोतका अनुसार श्याम शरण हिजो आइतबारसाँझा काठमाडौं आइपुगेका हुन् । सीमा अतिक्रमणपछिको उग्र वातावरण भएको उनको गोप्य आगमनलाई निकै चासोसाथ हेरिएको छ । भारत सरकारको विरोधमा नेपालमा ‘गो ब्याक इण्डिया’ नारा धुरन्धर लागिरहेका छन् । भारतको नयाँ नक्सा र प्रधानमन्त्री मोदीको पुत्ला जलाउने कार्यक्रम जारी छ ।

नेपालका लागि पूर्वराजदूत समेत रहिसकेका शरण दिल्लीमा नेपाल मामिलाका अनुभवी कुटनितीज्ञ मानिन्छन् । तत्कालीन समयमा विद्रोही माओवादी र ७ राजनीतिक दललाई एक ठाउँमा ल्याउने चर्चित १२ बुँदे सहमति गराउने सुत्रधारको रुपमा उनको चर्चा हुने गर्छ । उनी सन २००४ देखि २००६ सम्म नेपालका लागि भारतीय राजदूत थिए ।

यहाँका सरकार प्रमुख, मुख्य राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई गोप्य रुपमा भेट गर्ने र मोदीको सन्देश सुनाएर गुपचुप फर्किने तयारीसाथ आगमन भएको स्रोतले जनायो । २०६२/०६३ को जनआन्दोलनका बेला पनि उनी नेपाल सुटुक्क आएर फर्किएका थिए ।

Leave A Reply

Your email address will not be published.