संसदमा प्रधानमन्त्रीको जवाफ

0

काठमाडौं, आषाढ २७ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि व्यवस्थापिका–संसदमा जारी छलफल आज सकिने भएको छ । नीति तथा कार्यक्रममाथि सभासदहरुले आफ्नो धारणा राख्ने क्रम सकेर आजै प्रधानमन्त्री सुशील कोइरालाले संसद बैठकमा सभासदहरुले उठाएका प्रश्नको जवाफ दिने संसद सचिवालयले जनाएको छ । आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रममाथि शुक्रबारबाट संसदमा छलफल सुरु भएको हो । सत्तारुढ दलकै सभासदहरुले समेत नीति तथा कार्यक्रमको आलोचना गर्दै आएको परिस्थितीमा प्रधानमन्त्री कोइरालाले कस्तो जवाफ दिने हुन् भन्नेबारे सबैको ध्यान केन्द्रीत भएको छ । प्रधानमन्त्री कोइरालाले साँझ ५ बजे संसद बैठकमा जवाफ दिने संसद सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम पारित भएपछि आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन सरकारलाई बाटो खुल्नेछ ।

Leave A Reply

Your email address will not be published.