ल्याण्डमार्क होटलका सामूहिक बलात्कारीलाई कैदसजाँय

0

काठमाण्डौं – कमलादीस्थित ल्याण्डमार्क होटलमा २०७४ माघ ७ गते राति एक युवतीमाथि गरेको सामूहिक बलत्कारमा संलग्नलाई अदालतले कैद सजाँय तोकेको छ ।

काठमाडौं जिल्ला अदालतले कमलप्रसाद पोखरेलको इजलासबाट कार्तिक २१ गते भएको फैसलाआदेश अनुसार मुख्य दोषी रामेछापका शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजायँ तोकेको छ । अर्का दोषी विकास गौतम र दिपक श्रेष्ठलाई जनही १४ महिना कैद सजाय सुनाएको छ ।

घटनाको केही दिनमै पक्राउ परेका तीन जना मुद्दा पुर्पक्षका लागि जेलमै राखिएका थिए ।

उक्त सामूहिक बलात्कार घटनालाई आर्थिक लेनदेनमा मिलाउन प्रयास गरेको आरोपमा दरबार मार्ग प्रहरीका तत्कालीन इन्स्पेक्टर लक्ष्मण सिंह ठकुरीलाई निलम्बन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.