भारतलाई पर्यटनमन्त्रीको यस्तो चेतावनी

0

काठमाण्डौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतलाई अनावश्यक बखेडा झिकेर निहुँ नखोज्न चेतावनी दिएका छन् ।

उनले लिम्पियाधुराबाट उत्पति भएको कालीनदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्यी र प्रमाण रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले सिंगो नेपाल राष्ट्रियताका लागि एक रहेकाले अनावश्यलक बखेडा झिकेर छिमेकीसँग निहुँ नखोज्न पनि भारतलाई आग्रह गरेका छन् ।यस विषयमा भारतले पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन राख्नुसमै भारतको भलाई रहेको मन्त्री भट्टराईले सुझाव दिएका छन् ।

‘लिम्पियाधुराबाट उत्प्ति भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाइबाट प्रष्ट छ’, उनले लेखेका छन्, ‘यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन । भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ । नेपालले छोड्ने कुरै आउँदैन । सिंगो नेपाल एक छ ।’

Leave A Reply

Your email address will not be published.