एनआरएनए ईटालीको अध्यक्षमा उर्मिला थोकरको उमेदवारी घोषणा

0

चारदिशा सम्वाददाता ।

एनआरएनए ईटालीको महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थाको अध्यक्ष लगायतका महत्वपूर्ण पदहरुमा उमेद्वारी घोषणा हुन थालेको छ।  वर्तमान अध्यक्ष सन्जयदेव श्रेष्ठले समझदारी नभए पुन अध्यक्षमा उमेदवारी दिन सकिने धारणा व्यक्त गरे लगतै एनसीसी ईटालीकी सदस्य रहेकी उर्मिला थोकरले अध्यक्षमा उमेदवारी घोषणा गरेकी छिन्।

डा. अनिल भट्टराई अध्यक्ष रहेको कार्यकालमा कोषाध्यक्षको भुमिका निर्वाह गरेकी थोकरले आकस्मिक कोष खडा गर्ने, ईटालियन सरकार समक्ष नेपालीहरुको हितको लागि आवाज उठाउने घोषणा गरेको छिन्। सवै नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिँदै उनले आफू कम वोल्ने र काम धेरै गर्न चाहने उमेदवार रहेको दावि गरेकी छिन्।

उनको घोषणापत्रको पूर्ण अंश 

एन आर एन इटालीको २०१५/१७ को लागी अध्यक्षको उमेदवारी घोषणा पत्र आदरणीय इटालीबासी मेरा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सर्बप्रथम मेरो हार्दिक नमस्कार। यही २ अगस्ट २०१५ मा हुन गैरहेको २०१५/१७ को एन आर एन इटालिको अधिवेशनमा मैले अध्यक्षको उमेदवारी घोषणा गरेको छु ।

मलाई लाग्छ यो मेरो मात्र चाहना नभै समयको पनि माग हो ।  मसँग एन आर एन इटालिको दोस्रो कार्यकाल २०११/१३ मा को कोषाध्यक्षको भुमिका सफलता पुर्वक निर्वाह गरिसकेको र वर्तमान कार्यसमितिमा पनि सल्लाहकारको हैसियतले आफ्नो हैसियत र क्षमताले भ्याए सम्मको सहयोग गर्दै आएको तथ्य यहाहरु समक्ष सर्वविधितै छ ।

– एन आर एन इटालिसँगको निरन्तरताको सम्बन्ध लाई अझ प्रगाढ बनाउन र एन आर एन इटालिलाई अझ मजबुद बनाउनको लागि पनि मेरो उमेदवारी आवश्यक सम्झेको छु । तसर्थ, मितेरी मंञ्च मिलानोको प्रतिनिधीत्व गर्दै गैर -आवसिय नेपाली संघ इटालीको इतिहास मै पहिलो पटक महिला अध्यक्ष पदको लागि आफुलाई उम्मेदारमा घोषणा गरेकी छु र यो इटाली भित्र रहने सम्पूर्ण महिला दिदी बहिनीहरुको पनि प्रतिनिधित्व हो भन्ने जिम्मेवार बोध गरेकी छु।

मेरो उमेदवारी पहिलो महिला अध्यक्षको भूमिकाका लागि मात्र नभएर NRN प्रति हेर्न थालिएको फुश्रो द्रृष्टिकोण को परिवर्तनको लागि पनि हो र केही समय यता देखि हुदै गरेको राजनितिक भागबण्डाको चिरफार को निम्ति पनि हो । राजनैतीक आस्था राख्नु ,राजनिती गर्नु स्वभाबिक रुपमा सकरात्मक पक्ष भएता पनि गैर आवसिय नेपाली संघ जस्ता विशुद्द गैर राजनितीक संघ मा योगदानको आधारमा भन्दा राजनितीक भागबण्डाको आधारमा कार्यसमिती चयन हुनु एउटा दु:ख लाग्दो कुरा हो । तसर्थ: अव आउने कार्यसमिति योगदानको आधारमा र सम्पुर्ण स्थानिय समाजलाई समेटने हुनु पर्छ भन्नेमा म विस्वश्त छु।

“नेपालीका लागि नेपाली ” BY NEPALI FOR NEPALI” भन्ने NRN को प्रमुख नारालाई आत्मसाथ गर्दै – आकस्मिक अक्षयकोष खडा गरी इटालीमा रहेका बेसाहरा, दुःखी र बिरामी नेपालीहरुको हितमा काम गर्ने । जसका लागि इटाली भरी रहेका हेरक नेपालीहरुले “महिनाको एक युरो दान गरौं” भन्ने नाराका साथ सबैलाई प्रोत्साहित गरी कोषमा ठूलो मात्रामा रकम जम्मा गर्ने कार्यक्रमलाई अघि बढाउनेछु ।

– दोस्रो प्राथमिकता तत्कालको लागी कुनै भर पर्दो ONLUS संग सहकार्य गरेर हामीले यहाको इटालीयन सरकारलाइ बर्षेनि तिर्दै आएको करको हजार मा पांच र हजार मा आठ हामीले चाहेको ONLUS लाई दिन पाउने सुविधालाइ जति सक्दो हाम्रो मातृभुमि र हाम्रो नेपाली समाजमा सदुपयोग गर्न पहल गर्ने छु ।

साथै हामीले आफनै Comunità Nepalese In Italia ONLUS खडा गर्ने दिर्घकालिन सोचलाई अगाडी बढाउने छु । – नेपाल र नेपालीको अस्तित्वलाई इटालीमा उच्च स्थानमा पुर्याउनका लागि बिभिन्न नेपाली संघ संस्थाहरुसँग समन्वय गरी स्थानियस्तरदेखि नै पहल गर्नेछु । – सबैको साझा र महत्वपूर्ण एजेण्डा “एक पटकको नेपाली सधैका लागि नेपाली” भन्ने नारालाई साकार तुल्याउन हरतरहले नेतृत्वलाई सहयोग पुर्याउनेछु ।

– बोर्डमा उठेका हरेक एजेन्डाहरुको उद्देश्य पहिचान गरी सहि र आवश्यक एजेन्डाहरुलाई कार्यान्वयन गर्नका लागि आवश्यक दवाव सिर्जना गर्नेछु । – अन्तमा म धेरै बोलेर थोरै काम गर्नु भन्दा थोरै बोलेर धेरै काम गर्न चाहन्छु । मलाइ आशा र विश्वास छ जसरी हामी महा भुकम्पका पिडितहरूको लागि एकजुट भएर लाग्या थियौ, त्यसरी नै आगामी दिनहरुमा पनि एक भएर अगाडी बढने छौ। इटाली बासी दाजुभाई तथा दिदीबहिनीहरु मलाई तपाईहरुको अमुल्य साथ र समर्थन दिनु भई २ वर्षको कार्यकाल सम्हाल्ने र काम गर्ने अबसर दिनु हुन हार्दिक अनुरोध गर्दछु । तपाइहरुको सल्लाह सुझावलाई आत्मसाथ गर्दे “टुटेर हैन जुटेर ” गरे असंम्बव केही छैन भन्ने अबधारणाका साथ अघि बढने छु ।

धन्यबाद ।

श्रीमती उर्मिला थोकर

मिलान इटाली

अध्यक्ष उमेदवार

Leave A Reply

Your email address will not be published.