काठमाण्डौं – सत्तारुढ नेकपाको सोमबार बसेको सचिवालय बैठकले रिक्ता रहेको सातवटै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ । नामावली भागबण्डामा टुंगाइएको हो ।
जसअनुसार अध्यक्षद्वयमध्ये ओली पक्षका ४ र प्रचण्ड पक्षका ३ रहेका छन् । बैठकपछि पार्टीका महासचिव विष्णु पौडेलले दिएको जानकारी अनुसार अमिक शेरचन, तिलक परियार, सोमनाथ अधिकारी, धर्मनाथ यादव, गोविन्द कलाैनी, विष्णु प्रसाई, शर्मिला त्रिपाठीको नाम पार्टी सरकारलाई सिफारिस गरिएको हो ।
प्रचण्ड अर्थात तत्कालीन माओवादी केन्द्र पक्षका शेरचन, परियार र अधिकारी हुन् । बाँकी चार जना ओली अर्थात तत्कालीन एमाले पक्षका हुन् । पार्टी एकता घोषणा डेढ वर्षमा पनि पार्टीभित्र पक्षधरता घटेकाे देखिँदैन ।
तत्कालीन शेरबबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको सात प्रदेशका प्रमुखहरुलाई हिजो मात्र सरकारले बर्खास्त गरेको थियो । बर्र्खास्त गरेको भोलिपल्टै नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस भएको हो ।