पूर्वबाल सेना लेनिन विष्टलाई एयरपोर्टमा रोक्ने गृहमन्त्रीविरुद्धका मुद्दामा सर्वाेच्चमा बहस आज

0

काठमाण्डौं – पुर्व बाल लडाकु लेनिन विष्टलाई विदेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोक्न आदेश दिने गृहमन्त्रीसहित विपक्षीहरुको मुद्दामा सर्वोच्चमा बिहिबार बहसको लागि पेशी तोकिएको छ ।

विष्टलाई २०७५ भदौ ८ गते थाइल्याण्डमा आयोजित एसियाका द्वन्द्वबाट पीडित बाल सेनाहरुसम्बन्धित रहेकाे एसियन रिसर्च फाउण्डेशनद्वारा अायाेजित अन्तरक्रिया कार्यक्रममा नेपालबाट भाग लिन जाने क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को ठाडो निर्देशनमा अध्यागमन विभागले रोकेको थियो ।

सोही विषयलाई लिएर पूर्वबाल सेना विष्टले विमानस्थलमा रोकेर नागरिकको मौलिक हक हनन गरेको भन्दै गृहमन्त्री थापासहित आधा दर्जनविरुद्ध २०७५ भदौ १४ मा उत्प्रेषण मागसहित सर्वोच्च अदालतमा दर्ता गरेका मुद्दामाथि आज बहसका लागि न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेश तोकिएको छ । बहसको रोलक्रम आठौं नम्बरमा परेको छ ।

गृहमन्त्री थापाले स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने मौलिक उपभोग गर्नमा रोकेर गृहमन्त्री थापाले अधिकारको दुरुपयोग गरेको व्यवहोरासहित दायर उत्प्रेषण मुद्दामा गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहसचिव प्रेमकुमार राई, अध्यागमन विभाग प्रमुख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन डेस्कका प्रमुख र कर्मचारीलाई विपक्षी बनाइएको छ ।

विष्टलाई थाइल्याण्ड जानबाट रोकेको घटनामा गृहमन्त्री थापा निकै आलोचित हुन पुगेका थिए । त्यसपछि २०७५ चैतमा विष्ट बाल सेनासँग सम्बन्धी कार्यक्रममा युरोप गएर २०७६ असारमा फर्किएका थिए ।

विष्टलाई थाइल्याण्ड जानबाट रोक्न दिएको अध्यागमन विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत अध्यागमन कार्यालयले दिएको पत्र हेर्नुस्:

Leave A Reply

Your email address will not be published.