नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनसन बस्ने चेतावनी दिए

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनसन बस्ने चेतावनी दिएका छन् । बुधबार महोत्तरीको पिपराहमा नेकपाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले विकास निर्माणले गति नलिए आफूसमेत अनसन बस्ने स्थिति आउन सक्ने बताए ।

अध्यक्ष दाहालले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको जनकपुर–भिट्टामोड सडकको कार्यप्रगति निकै सुस्त भएको भन्दै असन्तोष समेत व्यक्त गरे । अब पनि ढिला सुस्ती भयो भने आफू अनसन बस्ने उनको भनाई थियो । उनले डेढ दशक बितिसक्दा पनि हुलाकी सडकको काम अघि नबढेकोप्रति पनि असन्तुष्टि जनाए ।

अध्यक्ष दाहालले तराई मधेशका जनतासँग आफ्नो गहिरो प्रेम रहेको दोहोर्याउदै आफुले संविधान संशोधन गर्न दुई पटकसम्म प्रयास गरेको समेत बताए । काठमाण्डौं फर्केर प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनका लागि छलफल गर्ने आश्वासन पनि उनले दिए ।

Leave A Reply

Your email address will not be published.