प्रधानमन्त्री ग्राण्डीको आईसीयुमा: किन मौन प्रधानमन्त्रीको सचिवालय ?

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थमा समस्या आए सँगै ग्राण्डी अस्पतालको सघन उपचार कक्ष ( आईसीयु ) मा उपचाररत छन् ।

अस्पतालमा उनको विभिन्न परिक्षण र उपचार भै रहेको जानकारी बाहिरीए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन । नत प्रधानमन्त्रीको सचिवालयले यस बिषयमा केही बोल्न आबश्यक ठान्यो नत अस्पतालले नै कुनै औपचारिक जानकारी दिएको छ ।

जनताबाट निर्वाचित प्रधानमन्त्रीको स्वास्थको बारेमा आम जनतालाई चासो हुनु र सरकारले जनताको चासोलाई सम्बोधन हुने गरि प्रधानमन्त्रीको स्वास्थको बारेमा आधिकारिक जानकारी दिन आबश्यक नठान्नु चाहिँ उदेकलाग्दो छ । प्रधानमन्त्रीको स्वास्थको बारेमा सरकारले जानकारी नदिएको यो नै पहिलोपटक भने होइन, यस अघि पनि पटक – पटक प्रधानमन्त्रीको स्वास्थ बारे जनस्तर बाटै आवाज उठे पनि सरकारले त्यतातिर भने ध्यान दिएको छैन ।

प्रधानमन्त्रीको स्वास्थ अवस्था बारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने नियमित स्वास्थ परिक्षणको लागि प्रधानमन्त्री अस्पताल पुगेको जनाएका छन् भने अस्पताललाई यस बिषयमा सोध्दा ` प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी दिन आग्रह नगरेसम्म यस बिषयमा केही भन्न नमिल्ने ´ जवाफ आएको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेलाई उदृत गर्दै कान्तीपुरको अनलाइन संस्करणले समाचार लेखेको छ ।

Leave A Reply

Your email address will not be published.