काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको आइतबार स्थापना दिवसमा तरुण दलका बैध र अबैध दुबै समुहले अलग- अलग कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाउँदैछन । स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बैध भन्दा अबैध समुहको चुरिफुरी धेरै देखिएको छ ।
बैध समुहका अध्यक्ष जितजंग बस्नेतले पार्टी कार्यलय सानेपामा र अबैध महासचिव भुपेन्द्र जंग शाहिले एक पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेका छन् । अबैध समुहले पनि स्थापना दिवसको अवसरमा पार्टी कार्यलय सानेपामा नै कार्यक्रम आयोजना गर्ने तयारी गरे पनि पार्टिको हस्तक्षेपपछी पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरेको हो ।
आन्तरिक गुटबन्दी र रामचन्द्र पौडेललाई नै पार्टी मान्ने अबैध समुहका महासचिव शाहिको कारण पनि तरुणदल भित्र बिवाद बढेको हो । अबैध समुहको कार्यक्रममा पार्टी महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु रामशरण महत, अर्जुनरसिंह केसीलगायतका नेताहरु सहभागी छन् ।
यता पार्टी कार्यलयमा बैध समुहका अध्यक्ष बस्नेतले आयोजना गरेको कार्यक्रममा भने शेरबहादुर देउवा र उनी पक्षीय नेताहरू सहभागी छन् । आन्तरिक वीवादका कारण एक महिना अघि अध्यक्ष बस्नेतले शाहिलाई र शाहिले बस्नेतलाई तरुण दलबाट निष्कासित गरेको घोषणा गरेका थिए ।