‘एनआरएन भनेका नेपाललाई टाट पल्टाउन आएका झुण्ड हुन्’

0

काठमाण्डौं – यतिखेर देश छाडेर विदेशी नागरिकता लिएर विदेशमै स्थायी बसोबास गर्दै आइरहेका गैरआवासीय नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौं विश्व सम्मेलनमा देशको राजधानीमा काठमाडौंका महंगा होटल ह्यात रेजेन्सीमा चलिरहेको छ ।

सम्मेलनको आज तेस्रो दिन नयाँ कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ । मतदानमा विश्वभरमध्ये ८१ वटा मुलुकबाट गरी २५ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । मतदानबाट एक अध्यक्षसहित ४२ जना निर्वाचित हुँदैछन् ।

यस्तैबीच देशमा भ्रष्टचारविरुद्ध सशक्त अभियान चलाइरहेका अभियन्ता सिद्धार्थ अधिकारीले एनआरएनलाई देशलाई टाट पल्टाउन आएका झुण्ड भएको बताएका छन् । चारदिशा सँगको कुराकानीमा अभियन्ता अधिकारिले एनआरएन हरु ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउन र नेपाली जनतालाई कंगाल तुल्याउन देशमा छिरेको दाबी गरे ।

एनआरएनलाई दोहोरो नागरिकता दिनु भनेको गम्भीर राष्ट्रघात हुने उनको धारणा छ । ‘मानव तस्करीमा महत्वपूर्ण सहयोग यिनै एनआरएनले गरिरहेका छन्’ अधिकारीले भने, ‘देशलाई लात मारेर विदेशमा गएर विदेशकै नागरिक लिनेबाट पनि कहीँ देशको विकास र समृद्धिमा सघाउ पुर्याउँछन् भन्ठान्नु गम्भीर भूलबाहेक केही होइन । सरकारले दोहोरो नागरिकता वा यस्तै अरु परिचयपत्र दिने गल्ती नगरोस् ।’

उनले एनआरएनए नियोजित रुपमा नेपाललाई असफल बनाउन तल्लीन रहन बनाइएको संगठन भएको गम्भीर आरोप समेत लगाए । ‘यसको प्रमाणका लागि सरकारमा रहेका नेकपा र बाहिर रहेका नेपाली कांग्रेस पक्षधर प्रतिनिधिबीचमा भइरहेको संघको अहिलेको चुनावी भीडन्त हेरे पुग्छ’ उनले भने, ‘संघका नेतृत्वमा जो आएपनि मानव तस्कर नै आउने हुन् ।’

उनले एनआरएनका पदाधिकारीहरुनै नेपालबाट युरोप अमेरिका र मध्यपुर्बमा मानव तस्करी गर्दै आइरहेका पात्र भएको दाबी समेत गरे ।

Leave A Reply

Your email address will not be published.