एनआरएनको बिश्वसम्मेलन: आर्थिक लेनदेन र नेकपाको समीकरण नमिल्दा पन्त पराजय नजिक !

0

काठमाण्डौं – गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौं विश्व सम्मेलन काठमाण्डौंको ७ तारे होटल होटल हायातमा जारी छ । आगामी दुई बर्षे कार्यकालको नेतृत्वको लागि कुमार पन्त र कुल आचार्य प्यानल सहित चुनावी मैदानमा छन् । 


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट मानिएका कुमार पन्त प्यानल सहित नै एनआरएनको नेतृत्वमा पुग्ने आम अनुमान बिपरित एनआरएनका अर्का उम्मेदवार कुल आचार्यको पनि बिजयी हुने सम्भावना रहेको समिकरण बन्न थालेको चर्चा चल्न थालेको छ । पैसाको खोलो बगाइएको निर्वाचन प्रचार तथा ब्यबस्थापनको क्रममा नै पन्त पछि परेको एनआरएन उच्च स्रोतले जानकारी दियो । नेकपा निकट अध्यक्षका दावेदार पन्तले पाँच करोड खर्च गर्दा उनका प्रतिद्वन्द्वी आचार्यले सात करोड खर्च गरेको नाम उल्लेख नगर्ने सर्तमा पन्त निकट एक पदाधिकारी उम्मेदवारले चारदिशालाई जानकारी दिए । 


१२ पदका लागी कुल ४२ उम्मेदवार मैदानमा रहेको सम्मेलनमा चुनावी समीकरण आफ्नो पक्षमा पार्न मदिरा र सुन्दरीको उल्लेख्य प्रयोग गरिएको स्रोतले उल्लेख गरेको छ । भने अर्कोतिर कांग्रेस निकट मानिएका अध्यक्षका उम्मेदवार आचार्य सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका द्वितीय अध्यक्ष प्रचण्डका ज्वाइ समेत पर्ने खुलेको छ । 


उक्त खुलासा सँगै आचार्यको पक्षमा बुढानिलकण्ठ सहित खुमलटार पनि सकृय रहेको चर्चा आम एनआरएनमा चल्न थालेको छ । सत्तारुढ नेकपा भित्रको आन्तरिक चलखेलले समेत एनआरएनको आगामी नेतृत्व कता बाट भन्नेमा दुबिधा कायम रहेको स्रोतले जनायो । 


त्यसो त एनआरएन बिश्वसम्मेलन सहभागी हुन अध्यक्षका दुबै दावेदार नेपाल आउँदै गर्दा पन्तले नेकपाका अध्यक्ष एंब प्रधानमन्त्री के. पी. ओली सहित समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई सँग भेट गरेका थिए भने उनका प्रतिद्वन्द्वी आचार्यले नेपाली कांग्रेसका सभापति शेर ब. देउवा सहित नेकपाका अर्का अध्यक्ष प्रचण्ड सँग भेट गरेका थिए । उक्त भेटमा नेकपा अध्यक्ष प्रचण्डले आचार्यलाई हरसम्भव सहयोग गर्ने वचन दिएको स्रोतले दावी गर्‍यो । यो सँगै एनआरएनको नेतृत्व समीकरण रोचक बनेको छ । 

Leave A Reply

Your email address will not be published.