ब्रसेल्स एयरपोर्ट म्याराथनमा नेपाल सहभागी

0

नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्न र नेपालको चिनारी युरोपियन पर्यतक माझ पुगोस भन्ने उद्यस्यले बेल्जियमको नेपाली समुदाय र नेपाली राजदुताबास बेनेलक्सले गर्दै आएका कार्यक्रमहरु मध्यको एक ‘ ब्रसेल्स एयरपोर्ट म्यराथनमा’ नेपाल भ्रमण बर्ष २०२० को लोगो अङ्कित टिशर्ट पहिरिएर नेपालीहरुले भाग लिएका छन ।

आईतवार भएको बयालीस किलोमिटर दुरीको यो प्रसिद्ध ब्रसेल्स एयरपोर्ट म्यराथनको, हाल्फ म्यराथन र मिनी म्यारथन गरी तीन कोटिका धाबकले भाग लिन पाउने यस् दौडमा बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाको नेत्रित्वमा दुताबासका कर्मचारी,युरो नेपाल खेलकुद संघका महासचिब तुङ्गा निरौलाको खेलाडीहरुको टिम, तमु समाजकी महासचिब अनिता घलेको टिम, नेपाल ब्रुसेल मिलन केन्द्रका महासचिब श्रीजना कार्कीको नेपाली स्कुलका बालबालिकाहरुको टिम र अन्नपूर्ण क्लबको टिमले सहभागिता जनाएका थिए ।

हज्जारौ दर्शकका बिच नेपाली झन्डा र नेपालको पहिचान खुल्ने तिसर्ट लगाएर देशका लागि दौडन पाउनु गर्बको महशुश भएका सहभागि धाबकहरुले चारदिशा लाई बताए। आँफै सह्भागी भएर म्यराथनमा दौडनु भएका राजदुत थापाले राजदुताबासको मुख्य उद्यस्यनै नेपालको प्रबर्धन गर्ने भएको हुँदा यस्ता कार्यक्रममा सह्भागी हुँदा निशुल्क देशको प्रचार हुने र देश प्रती बिदेशी मित्रहरुको चासो र जानकारी बध्ने हुनाले म्यराथनमा सहभागि भएको बताउनु भयो ।

राजदुत थापा र नेपाली समुदायलाई सहभागिताका लागि सन्योजन गरेका सुरेश कोरङी गुरुङले सबै सहभागिहरुलाई धन्यवाद दिनु भएको छ । ब्रसेल्स एयरपोर्ट म्यराथनको शिल्ड भने क्यान्याका धबाक मिखायल सेगले जितेका छन ।

Leave A Reply

Your email address will not be published.