नवरात्रको छैठौं दिन : बिवाहसम्बन्धी सम्पूर्ण समस्याबाट मुक्ति पाउनका लागि यसरी गर्नुहोस कात्यायनी देवीको पुजा !

0

काठमाण्डौं – नवरात्रको छैठौं दिन आज माता कात्यायनी देवीको पुजा आराधना गरि मनाईदै छ। कात्यायनी देवीको पुजा आराधना गर्नाले बिवाहसम्बन्धी सम्पूर्ण समस्या हट्ने तथा अविवाहितहरुका लागि पनि सुयोग्य वर मिल्ने मान्यता रही आएको छ।

माता दुर्गाको छैठौ नाम कात्यायनी किन ?

पौराणिक कथाका अनुसार देवी कात्यायनीले कात्यायन ऋषिको कृपा देखि प्रसन्न भई उनको कोखमा लिएकी हुन् । चार हात भएकी माता एक हातमा कमलको फुल र अर्को हातमा तरवार लिएकी र दोस्रो हातमा बरमुद्रा र अभयमुद्रा भएकी माता सिंह माथि आसिन छिन।

कात्यायनी पुजा बिधी

कात्यायनी देवीको पुजा गोधुली साँझमा गर्नुलाई अति उत्तम मान्ने गरिन्छ। देवीको पुजा गर्ने समयमा रातो या पहेलो बस्त्र धारण गर्नु पर्छ। साथमा रातो पहेलो बस्त्र र पुष्प अर्पण गरि मह चढाउनाले मनोकामना पूर्ण हुने मान्यता रहेको छ।

विवाहसम्बन्धी समस्याको समाधान

ज्योतिषशास्त्रका अनुसार माता कात्यायनीको सम्बन्ध बृहस्पति ग्रहसंग हुने गर्छ। त्यसैले महिलाको बिवाहसम्बन्धी हर समस्या निराकरण गर्नका लागि माताको पुजा गर्नुलाई अत्यन्त शुभ मानिन्छ। यसका अलावा उनको सम्बन्ध दाम्पत्य जीवनसंग हुने भएकाले कात्यायनी शुक्र ग्रहसंग सम्बन्धित रहेकी छिन।

माताको पुजाबाट मिल्ने लाभ

माता कात्यायनीको निश्वार्थ पुजा गर्नाले बैवाहिक लाभ मिल्ने विभिन्न शास्त्रमा उल्लेख छ। यति मात्र नभई माताको पुजा आराधना गर्नाले मनले चाहेको जीवनसाथी र प्रेम सम्बन्ध प्रगाढ हुने बिश्वास गरिन्छ। बैवाहिक सम्बन्धमा खटपट आएकाहरुका लागि आजको दिन देवी माता कात्ययानिको पुजा आराधना गर्नु आवश्यक छ। साथै कुण्डलीमा बैवाहिक दोष भएकाहरुका लागि पनि कात्यायनी माताको पुजा गर्नु लाभदायक मानिन्छ।

Leave A Reply

Your email address will not be published.