सत्तारुढ नेकपाकाे आन्तरिक पंक्तिभित्रै वितण्डाका श्रृंखला

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) पार्टीमा आफ्नै पंक्तिभित्रै वितण्डा मच्चाउन अग्रसर भएको छ ।

फरक विचार राख्नेमाथि बर्बर आक्रमण र वितण्डा मच्चाइरहेको आलोचना भइरहेको बेला उसका ओखलढुंगा जिल्ला कमिटीसदस्यले आफ्नै पार्टीबाट विजयी जनप्रतिनिधिमाथि आक्रमण गरेका छन् ।

जिल्ला कमिटी सचिवालय सदस्य अशोक थापाले आफ्नै पार्टीका चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र बस्नेतलाई भौतिक आक्रमण गरेर वितण्डा मच्चाएका छन् । बस्नेत चिसंखुगढी गाउँपालिका कमिटीका अध्यक्ष पनि हुन् ।
थापाले बस्नेतमाथि गिलास प्रहार गरेर गम्भीर घाइते तुल्याएका छन् ।

पार्टीको कार्यक्रम सकेर वडा नं. २ स्थित पोखरेमा नास्ता खाने क्रममा भएकाे कुराकानीमा विवाद हुँदा थापाले आफूमाथि गिलास प्रहार गरेको घाईते बस्नेतको भनाई छ । घाइतेलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ ।

आक्रमणको विषय आन्तरिक विवाद रहेको र त्यसपछि स्थानीय तहमा वितरित बजेट र नियुक्ति नै विवादको मुख्य कारण भएको बताइन्छ । आक्रमण गर्ने थापामाथि स्थानीय सडक आयोजनामा अनियमिमता गरिएको आरोप छ ।

कात्कालीन नेकपा एमाले र नेकपा (माके)बीच पार्टी एकता भई नेकपा बनेपछि पनि स्थानीय स्तरमा एकताको वातावरण सौहार्द हुन नसक्दा वितण्डाले प्रश्रय पाइरहेको पार्टी स्रोत बताउँछ । झनै स्थानीय तहमा विनियोजन गरिने बजेट र नियुक्तिको भागबण्डाले एकतालाई थप पानी बाराबारको स्थिति पैदा गराएको पार्टीका कार्यकर्ताहरु बताउँछन् ।

यस्तै विषयले रामेछापको लिखु–तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खडका र वडा नम्बर ७ का वडाध्यक्षबीचको विवाद धम्की र अपहरणसम्म पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.