कृषि विकास बैंकको सिस्टम ह्याक गर्न लाहान शाखाकै अधिकृतको कम्प्युटर प्रयोग

0

काठमाण्डौं – कृषि विकास बैंकको सिस्टम ह्याक रकम गरेर अन्यत्र ट्रान्सफर गर्न कृषि विकास बैंक लाहान शाखाका अधिकृतको कम्प्युटर प्रयोग गरिएको भेटिएको छ । कृषि विकास बैंकबाट असोज ५ गते सिस्टम ह्याक गरी चार करोड ७३ लाख ९६ हजार रकम लुटिएको घटनामा लाहान शाखाका अधिकृत सुनीलकुमार झा पक्राउ परेका हुन् । लुटिएको रकमबारे थप अनुसन्धान गर्न भन्दै प्रहरीले कृषि विकास बैंक लाहान शाखाका अधिकृत सुनीलकुमार झालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले बैंकबाट लुटिएको रकमको कारोबार अधिकृत झाको कम्प्युटरबाट भएको देखिएको भन्दै अनुसन्धानका लागि उनलाई गरेको बताएको छ ।

उक्त घटनामा बैंकको सिस्टम ह्याक गरेर चार करोड ७३ लाख ९६ हजार रुपैयाँ कृषि विकास बैंकबाट अन्यत्र ट्रान्सफर भएको थियो । सो घटनामा ह्याकरहरू पूर्ण रूपमा सफल सुरक्षित रहेका भए पाँच अर्ब रुपैयाँ तयारीमा रहेको सो घटनामा संलग्न रही प्रहरी नियन्त्रणमा परेकाहरूले बताएको प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.