डा. पोखरेलको कडा टिप्पणी : कम्युनिस्टको आफ्नै सिद्धान्त छैन, सबै आयातित हो

0

काठमाण्डौं – नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले नेपालका कम्युनिस्टहरूले विदेशबाट आयातित सिद्धान्त बोक्ने गरेको बताएका छन् ।

बिहीबार बिहान एक कार्यक्रममा डा. पोखरेलले कम्युनिस्टहरूको आफ्नै सिद्धान्त नरहेका कडा टिप्पणी गरेका हुन् । ‘नेपालका कम्युनिस्टहरूको आफ्नै सिद्धान्त छैन । उहाँहरूले विदेशबाट आयातित सिद्धान्त मान्नु हुन्छ’, उनले भने, ‘सी विचारधारा पनि त्यसकै सिलसिला हो ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चीनका राष्ट्रपतिलाई रिझाउन सी विचारधारा आयात गर्न थालेको भन्दै नेपाली कांग्रेसका नेता डा. पोखरेलले यसलाई अन्यथा लिन नपर्ने बताए । उनले भने, ‘उहाँहरूको आयातित विचार हो । यसमा अन्यथा मान्नु पर्दै । सी विचारधारालाई पनि आयात गर्न थाल्नु भएको छ ।’

चीनबाट आएका कम्युनिस्ट नेताले सत्तारुढ नेकपाका नेताहरूलाई प्रशिक्षण दिएका सन्दर्भमा कांग्रेसका नेता डा।पोखरेलले यस्तो कडा टिप्पणी गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.