दशैँका यात्रुले सास्ती नपाउने यातायात-व्यवसायीको दाबी

0

टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुुनासो आउन नदिने प्रतिबद्धता

काठमाण्डौं – महान् चाड दशैँ मनाउन काठमाडौं उपत्यकाबाट वाहिरिने यात्रुको चटारो शुरु भइसकेको छ । यस क्रममा सर्वसाधारणले व्यहोर्नुपर्ने सास्ती वर्षौंदेखि उस्तैप्रकारका सुनिँदै आएका छन् । यस वर्ष पनि सेवाग्राही कहालिने क्रम शुरु भइसकेको छ– सुलभताका साथ टिकट पाइएला कि नपाइएला ? गन्तव्यतर्फको यात्रा सहज होला कि नहोला ?

चाडपर्वको चटारोसँगै आमयात्रुमा पैदा हुन पुगेको यस्तै चिडचिडाहटबीच सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले ‘टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिएँ’ भन्ने अवस्था सिर्जना यस वर्ष सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको छ ।

महासङ्घको प्रदेश नं ३ कार्यालयको बुधबार (८ असोज) कोटेश्वर (काठमाडौं)मा उदघाटनका अवसरमा महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले महासङ्घको लोगो अङ्कित निलो ट्रयाकसुुट लगाएका व्यक्तिसँग आधिकारिक काउन्टरबाट टिकट लिएमा यात्रुले दु:ख झेल्ने र ठगिनुपर्ने अवस्था नआउने जानकारी दिए ।

यात्रुुले अनावश्यक हैरानी खेप्नुु नपरोस् भन्ने हेतुुले लामा तथा मध्यम दूरीमा चल्ने महासङ्घ मातहतका सवारी साधनको टिकट काउन्टरमा बस्ने कर्मचारीको पहिचानका लागि पोशाक वितरण गरिएको उनको प्रष्टोक्ति थियो ।

टिकट काउन्टरमा बस्ने करीब ५० जनालाई महासङ्घको लोगो अङ्कित पोशाक प्रदान गरिएको बताइएको छ । चाडपर्व मनाउन आफ्नो घर जान लागेका यात्रुुलाई टिकट काट्ने नाममा अनावश्यक दुुःख दिने, टिकट दिने तर सिट उपलब्ध नगराउने, यात्रुुलाई तानातान गरेर हैरानी बनाउने प्रवृत्तिलाई निरुत्साहन गर्न कर्मचारीलाई पोशाक वितरण गरिएको वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर तिमिल्सिनाले जानकारी दिए ।

मुुलुकमा विभिन्न भागमा सवारी साधन सञ्चालन गर्ने ८० भन्दा बढी विभिन्न यातायात प्रालि महासङ्घमा आबद्ध छन् । महासङ्घसँग आबद्ध प्रालिबाट लामो, मध्यम र छोटा दूरीका गरी करीव २० हजारको सङ्ख्यामा सवारी साधन सडकमा गुुड्दै आएको बताइएको छ ।

यात्रुलाई सुुविधासाथ निर्धारित समयमा तोकिएको स्थानमा पुऱ्याउन बिग्रिएका सडक र पुलपुुलेसा बाधक रहेको हुुँदा कतिपय स्थानमा तत्काल सुुधारको आवश्यकता देखिएको भनी सो अवसरमा यातायात व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

Leave A Reply

Your email address will not be published.