पारदर्शिता र परिवर्तनका लागि एनआरएनएमा मेरो उम्मेद्बारी – मन केसी

0

गैर आबासीय नेपाली संघ अस्ट्रेलीयाका संस्थापक अध्यक्ष एबम अन्तरराष्ट्रिय समितिका पूर्व प्रबक्ता मन केसीले संघको आगामी महाधिबेशनमा उपाध्यक्ष पदमा उम्मेद्बारी दिने हुनु भएको छ। आफ्नो जीबनको महत्वपूर्ण चाहना निस्वार्थ प्रेम र समर्पण भाबले समाजको सेवा गर्नु रहेकोले एनआरएनए जस्तो परोपकारी र सामाजिक सेवाभाब र नेपाली समुदायको एकता र उन्नतिको लागि गठन गरिएको संस्थाको जिम्मेवारी लिन चाहेको केसीको भनाई छ ।

एनअरएनएले प्रबासका पचास् लाख नेपाली र देशबासीहरुबाट पाएको अथाह आस्था र भरोशालाई थेग्न नसकेको तितो एथार्थलाई मनन गरी आफुले कार्यकारी पदमा रहेर यो संगठनको ”साझा चौतारी” को आदर्शको रक्षा गर्दै आधुनिक नेपाली समाजको भाबनालाई समेटेर काम गर्ने लक्ष लिएको उहाको दावा छ ।

देश बाहिरको देश (प्रबासको नेपाली समाज) को पहिचान र प्रतिष्ठाको उचाइ बढाउने गरी संगठनलाई गतिशिल बनाउने र मातृभूमीलाई सम्ब्रिद्धिको बाटोमा हिडाउन हर सम्भब प्रयास गर्ने साझा कार्यक्रम ल्याउने उहाको चाहना छ ।

दोस्रो पुस्ताका हाम्रा छोराछोरी, भाईबहिनीहरु सँग आँखामा आँखा जुधाएर हेर्दा, हामीले गरेको योगदान र न्यायले उनीहरुको छाती गर्बले फुलोस – उनीहरुलाई नेपाली मुलका प्रबासी, नेपाललाई माया र योगदान गर्ने नेपाली भनेर चिनाउन पाउने मार्ग प्रसस्त गरौ, त्यसका लागि संगठनको प्रयोग गरौ, एनआरएनए नेत्रित्वलाई लाग्दै आएको दलाली र अबसरबादीको आरोपबाट मुक्त हुन सकारात्मक् सोच भएको नेत्रित्व जरुरी छ भन्ने उहाको निस्कर्श छ ।

एनआरएनएमा संस्थागत परिमार्जन, नेतृत्व चयन प्रकृयामा परिमार्जन, सदस्यता वितरणमा परिमार्जन, सबैको पहुच भित्रको सङ्गठन र सङ्गठनको आधुनिकीकरण, दोस्रो पुस्तालाई सङ्गठनको नेत्रित्वमा पुर्याउने मुख्य योजना केसीका रहेका छन ।

पदको लागि मरिहत्ते गर्ने स्वभाब नभएका केसीलाई आधुनिक समाजको बिज्ञान बुझेका ब्याबसायिक र प्राज्ञिक ब्यक्तिको रुपमा एनआरएनहरुले चिन्ने गरेका छन । केसीले संसार भरिका नेपालीहरुको चाहना संस्थाको सुधार र पारदर्शिता हो भने त्यो जिम्मेवारी लिन आफु तयार रहेको हुँदा सोही अनुसार आफ्नो उम्मेवारीलाई अनुमोदन गरिदिन पनि अनुरोध गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.