कृषि विकास बैंककाे पैसा चोरी गर्ने ११ पक्राउ, सिस्टममै शंका

0

काठमाण्डौं – बैंकको कम्प्युटराइज्ड सिस्टम ह्याक गरी कैलाली, सिराह र चितवनबाट कृषि विकास बैंकका ३ शाखाबाट ४ करोड रुपैयाँ चोरी भएको छ । ती शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति रकम चोरी भएको हो ।

यी शाखाहरुबाट सोमबार र मंगलबार कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै ४ करोड रुपैयाँ चोरी भएको राष्ट्र कैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए । रकम चोरी प्रकरणमा ७ जनाको प्रत्यक्ष संलग्नता रहेको
लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो ।

सात जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको हो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुबाट ३१ लाख नगद बरामद भएको पनि जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा बैंकको लाहान शाखा म्यानेजरको युजर नेम र पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरिएको छ । कृषि विकास बैंक क्षेत्रीय कार्यालयले भने अन्य शाखाबाट चोरी गरेर भजनी शाखामा १९ लाख रकम भजनी शाखामा जम्मा भएको क्षेत्रीय कार्यालयका प्रमुख गणेशवहादुर डिसीले बताए ।

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, नीमा तामाङ, सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागर छन् । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही हप्ताअघि मात्र चाइयिनज ह्याकरले विभिन्न वाणिज्य बैंकबाट सिस्टम ह्याक गरेर करिब डेढ करोड चोरी गरेको थियो । चोरीमा संलग्न ५ चाइनिज नागरिकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

निरन्तर चाेरीका घटनाबाट बैंकिङ सिस्टममाथि नै शंका गर्न शुरु भएकाे छ ।

Leave A Reply

Your email address will not be published.