नेविसंघद्वारा क्याम्पस प्रमुखको कुर्सीमाथि आगजनी

0

काठमाण्डौं – नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी जलाएको छ । क्याम्पसले सीएसआईटीका विद्यार्थी भर्नाका मनपरी गरेको भन्दै आक्रोशित नेविसंघले क्याम्पस प्रमुख डा. शखिशरण सुवेदीको कुर्सी जलाएको हो ।

केही दिनदेखि आन्दोलित नेविसंघको नेतृत्वमा उक्त आगजनीका घटना घटाएको जनाइएको छ । मंगलबार बेलुका ५ बजेतिर ६÷७ वटा वाइकमा आएका टोली प्रमुखको कार्यकक्षमा प्रवेश गरेको र कार्यकक्षमा सुवेदी नभेटिएपछि उनीहरुले कुर्सीलाई परिसरमा ल्याएर आगो लगाइदिएको प्रत्यक्षदर्शीले बताए ।

आजै प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत रहेको र बुझाउने बेला सुवेदी नभेटिएपछि आगजनीमा उत्रिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.