विश्लेषकहरु भन्छन् – सत्तारुढ नेकपा चीनबाट च्याङ्ग्रासँगै ‘सी विचारधारा’ खरिद गर्दै

0

काठमाण्डौं – राजनीतिक विश्लेषहरुले नेपालमा ‘सी विचारधारा’ खरिद गरिने क्रम शुरु भएको बताएका छन् ।

सोमबार काठमाडौंमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँगको संयुक्त वैचारिक छलफलमा सत्ता नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डसहित पार्टीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

छलफलपछि मंगलबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच विचार आदानप्रदान पत्रमा सम्झौता समेत भएको छ । पत्रमा नेकपाका विदेश विभाग माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख साङ ताअो ले हस्ताक्षर गरेका छन् ।

यसैसँगै नेपाली विश्लेषकहरुले विश्लेषण र टिप्पणी शुरु गरेका छन् । लेखक तथा विश्लेषकले खगेन्द्र संग्रौलाले चीनबाट च्याङ्ग्रा मात्र नभई विचारधारा पनि खरिद गर्न लागिएको टिप्पणी गरेका छन् ।

उनले मंगलबार आप्mनो ट्वीटर पेजमा चीनबाट निर्यात हुँदै आएको च्याङग्राको पछि लागेर ‘सि विचारधारा’ पनि निर्यात भएको कडा टिप्पणी ट्वीट गरेका छन् । सत्तारुढ नेकपा र चिनियाँ प्रतिनिधिबीचको सोमबारको छलफलमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीङपिङको विचारले विश्व व्यवस्थाको नेतृत्व गर्ने अवस्था भएको बताउँदै ‘सि विचारधारा’बाट आफू प्रभावित भएको बताएका थिए ।

टिप्पणीमा संग्रौलाले ‘सि विचारधारा’ भनेर चर्चा व्याख्यामा गरिनु ‘प्रायोजित धन्दा’ भनेका छन् । विचारधारा प्रेरणाा र प्रभावबाट ग्रहण गरिने विषय भएको तर प्रायोजित हुन नसक्ने दाबी संग्रौलाको छ । यसलाई उनले कही नभएको जात्रा भनेका छन् ।

भारतसहितको सभागितामा अमेरिकी गुरुयोजना ‘इन्डो प्यासिफिक रणनीति’मा नेपालको सलंग्नताबारे देशभित्र सरकारको आलोचना भइरहेको बेला चीनको बीआरआई र ‘विचारधारा’प्रति सरकारको लगावले थप राजनीतिक तरंग पैदा गराएको छ ।

Leave A Reply

Your email address will not be published.