काठमाण्डौं – राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक हुने भएको छ।
बोर्डको सोमबार बसेको बैठकले सबै तयारी पुरा भैसकेको भन्दै मंगलबार परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।
भोलि बिहान (मंगलबार) बैठक बस्ने र नतिजाको तयारी गर्दा कुनै प्राविधिक त्रुटी नभए भोलि बेलुका नतिजा सार्वजनिक हुने परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए । ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए ।