१०० वर्षपछि बेलायतबाट श्रीलंका फर्के बुद्ध !

0

बुद्ध भगवानको मूर्ति एकजना बेलायती नागरिकलाई उपहार दिइएको १०० वर्षपछि श्रीलंकामा फर्काइएको छ ।

सो मूर्ति श्रीलंकाको क्यान्डीबाट १०० वर्षअघि बेलायत लगिएको थियो ।

अनुसन्धाताका अनुसार मूर्ति लग्ने बेलायती नागरिकले त्यतिबेला सोधेका थिए, ‘‘मैले एउटा मूर्ति लैजान सक्छु ?’’ स्थानीयले जवाफ दिएछन्, ‘‘मालिकले चाहेमा जे पनि लिन सक्नु हुन्छ ।’’

महत्वपूर्ण धार्मिक क्षेत्रबाट लगिएको सो मूर्ति अहिले बेलायती परिवारका सदस्यले फिर्ता गरेका छन् ।

सो मूर्ति बेल फेमिलीले लगेको थियो । त्यतिबेला श्रीलंका बेलायतको कोलोनीमा थियो । अनुसन्धाताले एचसीपी बेललाई सो मूर्ति १९ औँ शताब्दीमा दिइएको पत्ता लगाएका थिए ।

जो त्यतिबेला श्रीलंकामा काम गर्थे । उनका नाति रिभरेन्ड केनेथ बेलल र छोरी फियोनाले उनीहरुको घर ओभरटन ह्याम्पसायरबाट मूर्ति फिर्ता गरेका हुन् ।

बीबीसीबाट

Leave A Reply

Your email address will not be published.