काठमाण्डौं – आज (शनिबार) सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्ने भएको छ ।
गत (बिहीबार) नेकपाका अध्यक्षद्वय केपी शर्मा ओलीको व्यस्तता र र अर्का अध्यक्ष प्रचण्डको अस्वस्थताका कारण स्थगित भएको बैठक आज बस्न लागेको नेकपाको उच्च स्रोतले जनाएको छ ।
आज बस्ने बैठकमा प्रदेश २ मा देखिएको पार्टीको विवाद तथा एकता प्रक्रियाका बाँकी कामका विषय टुङ्गो लगाइने पार्टीले जनाएको छ ।